२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

गण्डक नहरमा हाम फालेर वेपत्ता भएकी महिलासहित तीनै जना मृत फेला

२०७९ फागुन ९, मंगलबार प्रकाशित ( साल अघि) ५७३ पाठक संख्या

मोहन पौडेल
परासी, ९ फागुन । पश्चिम नवलपरासीस्थित गण्डक नहरमा हाम फालेर वेपत्ता भएकी महिला सहित तीनै जना मृत फेला परेका छन् ।
सुस्ता गाउँपालिका वडा नं. २ हरकपुरास्थित गण्डक नहरमा हाम फालेकी महलबारीकी २९ वर्षीया प्रतिमा थारु हाम फालेको भन्दा सय मिटर पर दुवै नाबालक छोरा सहित मृत फेला परेकि हुन् ।
आज दिउँसो करिब दुई बजेको समयमा महलबारी निवासी तीर्थराम थारुकी श्रीमती प्रतिमा थारुले आफ्ना दुई छोरा ९ वर्षीय क्रिश थारु र सात वर्षीय सुमित थारुसहित नहरमा हाल फालेर वेपत्ता भएकी थिईन् ।
घटनास्थल भन्दा सय मिटर तल आफ्ना दुई नाबालक छोरालाई हातमा सल  बाँधेर सँगै हाम फालेको अवस्थामा मृत फेला परेकी प्रतिमा सहित तीनै जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
प्रहरी चौकी कुडिया, ईलाका प्रहरी कार्यालय बेलाटारी र स्थानीयको सहयोगमा वेपत्ताहरुको खोजी कार्य गरिएको थियोे ।
हाम फालेर वेपत्ता भएकी महिलाका श्रीमान हाल रोजगारीका शिलशिलामा भारतमा छन् । घरमा सामुसँगै बस्दै आएकी प्रतिमाले नहरमा हाल फाल्नुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भईरहेको डिएसपी पाण्डेयले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%६%

प्रतिक्रिया दिनुहोस