२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

गण्डक नहरमा हाम फालेर महलबारीकी एक महिला दुई नाबालक छोरासहित वेपत्ता

२०७९ फागुन ९, मंगलबार प्रकाशित ( साल अघि) ४२५ पाठक संख्या

मोहन पौडेल
परासी, ९ फागुन । पश्चिम नवलपरासीस्थित गण्डक नहरमा एक महिलाले आफ्ना दुई नाबालक छोरासहित हाल फालेर वेपत्ता भएकी छिन् । जिल्लाको सुस्ता गाउँपालिका वडा नं. २ हरकपुरास्थित गण्डक नहरमा हाम फालेकी महिला र दुवै नाबालकको अवस्था अज्ञात छ ।
आज दिउँसो करिब दुई बजेको समयमा महलबारी निवासी तीर्थराम थारुकी श्रीमती २९ वर्षीय प्रतिमा थारुले आफ्ना दुई छोरा ९ वर्षीय क्रिश थारु र सात वर्षीय सुमित थारुसहित नहरमा हाल फालेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयका अनुसार प्रहरी चौकी कुडिया, ईलाका प्रहरी कार्यालय बेलाटारी र स्थानीयको सहयोगमा वेपत्ताहरुको खोजी कार्य भईरहेको छ ।
हाम फालेर वेपत्ता भएकी महिलाका श्रीमान हाल रोजगारीका शिलशिलामा भारतमा छन् । घरमा सामुसँगै बस्दै आएकी प्रतिमाले नहरमा हाल फाल्नुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान र खोजी कार्य भईरहेको डिएसपी पाण्डेयले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस