२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा “परासी प्रेस क्लब” गठन, अध्यक्षमा गौड

२०७९ फागुन ९, मंगलबार प्रकाशित ( साल अघि) ४३८ पाठक संख्या

परासी, ९ फागुन । पश्चिम नवलपरासीका त्रियाशील पत्रकारहरुको एक भेलाले परासी प्रेस क्लब गठन गरेको छ । मंगलबार परासीमा भएको भेलाले लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका पत्रकार बेचु गौडको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
क्लबमा जिल्लाभरका पत्रकारहरुलाई समेटिएको छ । नवगठित समितिको उपाध्यक्षमा हुसैन अन्सारी, महासचिवमा मोहन पौडेल,कोषाध्यक्षमा गौरीशंकर जयसवाल, सचिव(खुल्ला)मा उमेश विक, सचिव(समावेशी)मा रनेुका चौधरी सर्वसम्मत निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरुमा सन्जिव कोईराला, राज चौधरी, गीता भट्टराई, रामकरन हरिजन, सञ्जय कुशवाहा, नीलम केसी,अन्नुकुमारी सुनार लगायत रहनुभएको छ ।
क्लबले आवाज विहीनहरुको आवाजलाई बुलन्द रुपमा उठाउन सामूहिकताको खाँचो रहेकोले जिल्ला स्तरको क्लव गठन गरिएको अध्यक्ष गौडले बताउनुभयो । जनसरोकारका मुद्धालाई प्राथमिकताका साथ क्लबको माध्यमबाट उठान गर्ने उहाँले बताउनुभयो । सामाजिक सरोकारका विषयमा अन्तरक्रिया गर्ने, मिडिया हाउसको प्रवद्र्धन गर्ने, पत्रकार, सञ्चारकर्मी र मिडिया उद्यमीको हकहीतमा काम गर्ने, अग्रज पत्रकारलाई सम्मान र नयाँ पत्रकारलाई अवसर तथा क्षमता अभिवृद्धिमा जोड दिँदै क्लबले व्यवसायिक पत्रकारितालाई जोड दिने उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस