२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

टमाटर खेतीबाट राम्रो आम्दानी गर्दै रामग्राम-१७ का कृषक

२०७९ फागुन ८, सोमबार प्रकाशित ( साल अघि) ४४२ पाठक संख्या

गौरीशंकर जयसवाल
परासी,८ फागुन । मेहनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौं रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नु भएको छ, व्यवसायिक रुपमा टमाटर खेती गर्दै आउनुभएका रामग्राम नगरपालिका वडान १७ पिपरहीयाका कृषक जनार्दनप्रसाद कोईरी । टमाटर खेतीबाट उहाँले राम्रो आम्दानी गर्न सफल हुनु भएको छ ।  २ बिघा क्षेत्रफलमा व्यवसायिक खेती गर्दै आउनु भएका कोईरीले रुपमा वार्षिक रु १० लाख आम्दानी गर्न सफल हुनुहुन्छ ।

उहाँले भन्नुभयो – टमाटर खेतीबाटै आफनो परिवार पाल्दै आएको छु, मेरो ६ जना परिवार छन, दुई जना छोरी दुई जना छोरा हामी दुई जना बुढाबुढी छम, टमाटर खेतीको आम्दानीबाटै एक जना छोरी नर्स र एक जना छोरालाई एबिबिएस पढाउँदै छु ।  एक जना छोरा अष्ट्रेलिया जाने तयारीमा रहेको छ ।  कोईरीले विगत बीस बर्षदेखि व्यवसायिक रूपमा टमाटर खेती गर्दै आएको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ – एक सिजनमा पाँचसय क्यूविन्टल टमाटर उत्पादन हुन्छ, दुई बिघा क्षेत्रफलमा अबिलाज र नमधारी ५ सय जातको दुई किसिमको टमाटर लगाएको छु, टमाटर ४० देखी ५० रुपैयाँ केजीमा बिक्री हुँदै आएको छ, बजारको समस्या छैन,भैरहवा,सुनवल, बुटवल,पोखरा लगायतका क्षेत्रबाट पनि व्यवसायी मेरो खेतमै आएर वलैजाने गरेका छन् , मैले पनि  भैरहवा,सुनवल, बुटवल, पोखरा लगायतका ठाउँहरुमा  टमाटर  पठाउने गरेको छु ।
कोईरीले सरकारी निकायबाट पनि अनुदान पाउनु भएको छ । टमाटर खेतीमा लाग्ने सामग्री र उपकारण समेत पाएको कोईरीले बताउनुभयो ।
रामग्राम-१७ पिपरहीयाकी लिलावती बरईले पनि टमाटर खेतीबाटै राम्रो आम्दानी गर्न सफल हुनुहुन्छ । बरईले तीस बर्षदेखी व्यवसायिक रुपमा टमाटर खेती गदै आउनु भएको छ । १५ कठ्ठा क्षेत्रफलमा व्यवसायिक रुपमा टमाटर खेती गर्दै आउनु भएकि बरइ भन्नुहुन्छ – टमाटर खेतीबाट सबै खर्च कटाई एक सिजनमा ५ लाख आम्दानी हुन्छ, टमाटर खेतीबाट शिक्षादिक्षा राम्रो सँग दिन सफल भएको छु,टमाटर खेतीको आम्दानीबाटै एक जना छोरालाई जर्मनी पठाएको छु र एक जना छोरालाई उच्च शिक्षा हासिल गर्न भारतको बैङ्गलोर पठाएको छु, बजारको समस्या छैन तर बजारमा टमाटरको मुल्य नपाउदाँ समस्या छ ।
रामग्राम- १७ पिपरहीयाका टमाटर खेती गर्ने रामकिशुन कर्मीले ४ कठ्ठा क्षेत्रफलमा व्यवसायिक रुपमा टमाटर खेती गर्नुभएको छ ।  उहाँले एक सिजनमा ८० क्वीन्टल टमाटर उत्पादन हुने गरेको बताउनुभयो ।  एक सिजनमा खर्च कटाएर  २ लाख आम्दानी गर्ने गरेको उहाँको भनाइ छ । टमाटर खेतीबाटै आफनो परिवार पाल्दै आएको कुर्मीले बताउनुभयो ।
रामग्राम- १७ कै शिवशरण लोहनीले व्यवसायिक रुपमा ४ कठ्ठा क्षेत्रफलमा टमाटर खेती गर्नुभएको छ । उहाँ भन्नुहुन्छ – टमाटर खेतीबाटै परिवार पालिरहेको छु, एक सिजनमा १० क्यूविन्टल  टमाटर उत्पादन हुने गरेको छ, एक सिजनमा खर्च कटाएर दुईदेखी अढाई लाख आम्दानी हुने गरेको छ,बजारको कुनै समस्या छैन तर उचित मुल्य नपाउदाँ हामी किसानहरु निराश छौ । मैले स्थानी रुपमा लाग्ने परासी, सुनवल, भुमही बजारमा बिक्री बितरण गर्दै आएको छु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस