२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

जनता आधारभूत विद्यालय हरकट्टामा रु ५१ हजारको अक्षयकोष हस्तान्तरण

२०७९ फागुन ४, बिहिबार प्रकाशित ( साल अघि) ६२९ पाठक संख्या

परासी, ४ फागुन । नवलपरासी सेवा समाज यूएईले पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. १२ हरकट्टास्थित जनता आधारभूत विद्यालयलाई ५१ हजार बराबरको अक्षयकोष हस्तान्तरण गरेको छ । विद्यालयमा अध्यनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई लक्षित गरी सञ्चालन हुने उक्त अक्षयकोषको आज एक समारोहको आयोजना गरी घोषणा गरिएको हो ।
अक्षयकोषको माध्यमबाट विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक उन्नतीको लागि प्रोत्साहन गर्ने उद्देश्य रहेको नवलपरासी सेवा समाज यूएईका महासचिव कृष्ण वास्तोलाले जानकारी दिनुभयो । अक्षयकोषको रकमबाट र्लिक्षत विद्यार्थीहरुलाीई छात्रवृत्ति प्रदान गर्दै उनीहरुको पढाईप्रति रुची बढाउन र शैक्षिक उन्नतीको लागि प्रोत्साहन गर्न अक्षयकोष हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । जिल्लाका अन्य स्थानमा पनि आफ्नो संस्थाले सहयोग गर्दै आएको र अक्षयकोष भने पहिलो रहेको महासचिव वास्तोलाले जानकारी दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक गणपति भट्टराइले विद्यालयमा अक्षयकोष स्थापना गरिदिएकोमा उक्त संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विदेशमा रहेर पनि आफ्नो परिश्रमको केही अंश मातृभूमिको सेवामा लगाएकोमा नवलपरासी सेवा समाज यूएई परिवारको प्रशंसा गर्नुभयो । उहाँले यस किसिमका कार्यक्रमबाट विद्यालयलाई थप उर्जा र हौसला मिलेको उल्लेख गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयप्रकाश चौधरीको अध्यक्षता तथा नवलपरासी सेवा समाज यूएईका महासचिव वास्तोलाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रम गरिएको कार्यक्रम सञ्चालक एवं विद्यालय संयोजक मदन सुवेदीले जानकारी दिनुभयो । उक्त अवसरमा नवलपरासी सेवा समाज यूएईका संस्थापक अध्यक्ष मित्रलाल पाण्डे, सहकोषाध्यक्ष गणपति पाण्डे, वरिष्ठ सल्लाहकार हरि न्यौपाने, सल्लाहकार सीता बराल, सदस्यहरु गोपाल न्यौपाने, भुवनन्द पराजुली, पशुपति बुम्रे रामु, विद्यालय व्यवस्थापन समिति सदस्य चन्द्रमणि न्यौपाने लगायतको पनि सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस