२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

नवलपरासीका दुई उद्योग खाद्य अनुज्ञापत्र बिनै सञ्चालन

२०७९ माघ २७, शुक्रबार प्रकाशित ( साल अघि) ५५८ पाठक संख्या

मोहन पौडेल
परासी, २७ माघ । पश्चिम नवलपरासीका दुई वटा उद्योगलाई खाद्य अनुज्ञापत्र लिएर मात्र उद्योग सञ्चालन गर्न निर्देशन दिईएको छ । संयुक्त जिल्ला बजार अनुगमन समितिले आज अनुगमन गर्ने क्रममा दुवै उद्योग अनुज्ञापत्र विनै सञ्चालनमा रहेको पाइएपछि तत्काल खाद्य अनुज्ञापत्र लिएर मात्र उद्योग सञ्चालन गर्न निर्देशन दिईएको हो ।
बर्दघाट नगरपालिका वडा नं. १ स्थित एग्रो न्यू दाउन्ने प्रालि र प्रतापपुर गाउँपालिका वडा नं. २ स्थित शिव पार्वती पानी उद्योगलाई अनिवार्य खाद्य अनुज्ञापत्र लिन निर्देशन गरिएको घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख गंगाधर पाण्डेयले दैनिक24 खबरलाई जानकारी दिनुभयो ।

Received_745198973888999

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीका प्रमुख बिमल दाहाल, घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख पाण्डेय, ईलाका प्रशासन कार्यालय सेमरीका प्रमुख दीपेश उप्रेती, भेटेनरी अस्पतालका विश्व भट्टराई लगायतको टोलीले अनुगमन गरेको हो ।
दुवै उद्योगमा उजुरी परेको आधारमा अनुगमन गरिएको थियो । एग्रो न्यू दाउन्ने प्रालिले फ्रिजन मासु विक्री वितरण गर्र्दैै आएको थियो । तर अनुगमनको क्रममा उद्योगले खाद्य अनुज्ञापत्र विनै उत्पादन तथा विक्री वितरण गरिरहेको पाईएपछि विक्री वितरणमा रोक लगाइएको छ भने उद्योगको गोदाममा रहेको ५०० केजी फ्रिजन मासु उद्योग सञ्चालनको वैधानिकता प्राप्त नगरेरसम्म विक्री वितरणमा रोक लगाईएको छ । प्रालि दर्तालाई उद्योगमा रुपान्तरण गरी अनुज्ञापत्र लिन निर्देशन गरिएको पाण्डेयले बताउनुभयो ।

Received_611408360809845

यस्तै शिव पार्वती पानी उद्योग पनि अनुज्ञा पत्र बिनै सञ्चालनमा रहेकोेले तत्काल खाद्य अनुज्ञा पत्र लिन भनिएको छ भने उद्योगमा रहेका २१ वटा कुच्चिएका जारलाई अनुगमन टोलीले नष्ट गरेको छ । जारको पानीमा लेबलमा व्याच नम्बर लगायतका कुराहरु नराखेको पाइएकोले लेबलमा राख्नुपर्ने सबै कुराहरु खुलाएर मात्र बजारमा जार पठाउन निर्देशन दिईएको छ ।

Received_904196774153014

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस