२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सरस्वती मावि शान्तिचौरमा बाल हिंसा न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

२०७९ माघ २५, बुधबार प्रकाशित ( साल अघि) ४३९ पाठक संख्या

परासी, २५ माघ । पश्चिम नवलपरासीको रामग्राम १२ स्थित सरस्वती मावि शान्तिचौरमा बाल हिंसा न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । रामग्राम नगरपालिकाको सहयोगमा रमादेवी मिडिया प्रालि परासीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि रामग्राम नगरपालिकाका नगर शिक्षा अधिकारी रुद्रप्रसाद रेग्मीले बालमैत्री नगर रामग्राम नगरपालिकाले बालबालिका माथि हुन हिंसा रोकथाम गर्न यस किसिमका कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले हिंसा भएमा सहेर नबसी सम्बन्धीत निकायमा उजुरी गर्ने तथा अभिभावक शिक्षकलाई जानकारी गराउने कार्यमा अग्रसर हुन विद्यार्थीलाई आग्रह गर्नुभयो । बाल संरक्षण, बालविकास,बाल बचाउ, बालसहभागिता बालबालिकाको नैसर्गिक अधिकार भएकोले बालबालिकामाथि हुने शारीरिक, मानसिक,यौनजन्य, घरेलु हिंसाबाट जोगाउन सबै मिलेर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
यस्तै शिक्षा विकास तथा समन्वय ईकाई पश्चिम नवलपरासीका निमित्त प्रमुख कृष्णचन्द्र पोखरेलले बालबालिका माथि हुने हिंसाका विरुद्ध सचेतना कार्यक्रमले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक हरि भट्टराइले बालबालिका माथि हुने हिंसा, हिंसाबाट जोगिने उपाय, हिंसा गर्नेलाई हुने कानुनी सजाय, हिंसा न्यूनीकरणका लागि अपनाउनुपर्ने सावधानी,उजुरी गर्ने निकाय र तरिका लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य पूर्णवासी रायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रामग्राम नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख तारा देवी अर्याल, विद्यालयका प्रधानाध्यापक दयानन्द चौधरी लगायतले पनि आआफ्नो धारणा राख्नुभएको आयोजक रमादेवी मिडिया प्रालिका प्रबन्ध निर्देशक मोहन पौडेलले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस