२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

अनेरास्ववियु पश्चिम नवलपरासीले छान्यो सर्वसम्मत महाधिवेशन प्रतिनिधि

२०७९ माघ २१, शनिबार प्रकाशित ( साल अघि) ६६१ पाठक संख्या

परासी, २१ माघ । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को आसन्न राष्ट्रिय महाधिवेशनका लागि पश्चिम नवलपरासीमा सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छनौट गरिएको छ ।
अनेरास्ववियु जिल्ला कमिटीको आज परासीमा सम्पन्न बैठकले सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन गरेको हो । अनेरास्ववियुको महाधिवेशन आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनका लागि माघ २५ गते भित्र प्रतिनिधि छनौट गरी पठाउन केन्द्रले गरेको निर्देशन बमोजिम पश्चिम नवलपरासीबाट आज सर्वसम्मत रुपमा प्रतिनिधि छनौट गरिएको अनेरास्ववियुका जिल्ला उपाध्यक्ष एवं प्रवक्ता सञ्जय मौर्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला कमिटीबाट खुल्लातर्फ सञ्जय मौर्य र नीरज खड्का,महिलातर्फ फेन्सिस बस्याल,पालिका कमिटीतर्फ भुपाल शर्मा पौडेल,मावितर्फबाट रामप्रसाद सुवेदी महाधिवेशन प्रतिनिधिको रुपमा चयन हुनुभएको छ । जिल्ला कमिटी बैठकले यसअघि क्याम्पस कमिटीबाट छनौट भएका प्रतिनिधि पनि अनुमोदन गरेको छ ।
क्याम्पस कमिटी अन्र्तगत दिव्यज्योति बहुमुखी क्याम्पस बर्दघाटबाट गिरीराज भट्टराई, पाल्ही बहुमुखी क्याम्पस परासीबाट सन्देश न्यौपाने,महाकवि देवकोटा क्याम्पस सुनवलबाट सुमन भण्डारी र त्रिभुवन क्याम्पस बेलाटारीबाट लिलामणी पाण्डे महाधिवेशन प्रतिनिधि छनौट हुनुभएको थियो ।
अनेरास्ववियुका जिल्ला उपाध्यक्ष नीरज खड्काको अध्यक्षता तथा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य एवं जिल्ला ईन्चार्ज तथा एमाले जिल्ला सदस्य शुसान्त शर्मा घिमिरेको प्रमुख आतिथ्यमा भएको उक्त बैठकमा अनेरास्ववियु केन्द्रीय सदस्य तथा जिल्ला सहईन्चाज एवं एमाले जिल्ला सदस्य रमेश नेपाली, अनेरास्ववियु जिल्ला अध्यक्ष नीरज पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस