२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रेडक्रस बालपुरी उपशाखाद्धारा सरावलका शीतलहर प्रभावित नागरिकलाई कम्बल वितरण

२०७९ माघ २१, शनिबार प्रकाशित ( साल अघि) ३१५ पाठक संख्या

परासी, २१ माघ । नेपाल रेडक्रस सोसाईटी बालपुरी उपशाखा सरावल नवलपरासीले चिसोबाट जोगाउन कम्बल वितरण गरेको छ। चिसोबाट प्रभावित ज्येष्ठ नगारिक, एकल महिला तथा अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो ।
सरावल गाउँपालिकाको वडा नं.१ देखि ४ भित्रका २५ जना लक्षित वर्गलाई आज भिमटाँडीमा आयोजित कार्यक्रममा कम्बल वितरण गरिएको उपशाखाका सभापति सञ्जय मौर्यले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले कम्बल वितरण गर्दै विपन्न वर्गका नागरिकलाई जोगाउने दायित्व सबैको रहेको बताउनुभयो ।
उहाँले गाउँपालिकाले विपन्न तथा असक्त नागरिकलाई मध्यनजर गर्दै आवश्यकता अनुसारको कार्यक्रम सञ्चालन गरिरहेको पनि बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बासमति हरिजन, वडा न. ३ का वडा अध्यक्ष फिरंगी चौधरी, सल्लाहकार उमाशंकर खरविन्द लगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

Ba2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस