२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रामग्राम महिला जेसीजको आयोजनामा परासीमा रक्तदान कार्यक्रम

२०७९ माघ १७, मंगलबार प्रकाशित ( साल अघि) ३६८ पाठक संख्या

परासी, १७ माघ । रामग्राम महिला जेसीजले आज परासीमा रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा  सञ्चालन भएको उक्त कार्यक्रममा पन्ध्र जनाले रगत दान गरेका छन् ।

1675145679755

रामग्राम महिला जेसीज वर्ष २०२३ कि अध्यक्ष जोगमाषा चौधरीले एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुनेलाई धन्यवाद दिनुभयो । जिल्लामा रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

1675145648133

महिला जेसीजकि अध्यक्ष चौधरीको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन खड्काको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा महिला जेसीजकि पूर्व अध्यक्ष रिंगला यादव,उपाध्यक्ष रमा गौतम, महासचिव डोल्मा चौधरी लगायतले रक्तदानको महत्त्वबारे प्रकाश पार्नु भएको थियोे ।

1675145664765

उक्त अवसरमा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरी,रामग्राम जेसीजका अध्यक्ष बेनी माधव बस्याल,रामग्राम महिला जेसीजका पूर्व अध्यक्षहरु,सुरक्षाकर्मी लगायतको सहभागिता थियोे ।  महिला जेसीजले यसअघि पनि विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ।

1675145670276

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस