२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

अनेमसंघ (क्रान्तिकारी)को जिल्ला समिति गठन

२०७९ माघ १४, शनिबार प्रकाशित ( साल अघि) ५४७ पाठक संख्या

नवलपरासी,१४ माघ – नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी) जिल्ला समिति पश्चिम नवलपरासीको भेलाले मुक्तमाया महतोको संयोजकत्वमा नौ सदस्सीय जिल्ला भेला आयोजक समिति गठन गरेको छ ।

शनिवार बर्दघाट–४ दिब्यनगरमा भएको भेलामा क्रान्तिकारी माओवादी केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज क्षेत्र बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यता , क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेय देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला संयोजक चुडामणि भण्डारी अखिल नेपाल महिला संघ(क्रान्तिकारी)की प्रदेश सदस्य उर्मिला थापालगायतको आतिथ्यता थियो ।
भेलाले अखिल नेपाल महिला संघ(क्रान्तिकारी) को जिल्ला सदस्यमा लक्ष्मी घिमिरे ,देवकला भण्डारी,योगमाया गुरुङ,सरस्वती सापकोटा,गौरी पोखरेल,जेनिसा परिवार लगायतलाई निर्वाचित गरेको संयोजक महतोले जानकारी गराउनुभयो ।
भेलाले २०७९ चैत्र १८ गते बृहत जिल्ला भेला गर्ने , सबै पालिकामा सदस्यता वितरण तथा पालिका भेला गर्ने र अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने लगायतको निर्णय लिएको संघले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस