२०८२ अषाढ १, आईतबार
24 खबर अपडेट

रामग्राम जेसीजमा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष कार्कीको स्वागत तथा शाखा भेटघाट

२०७९ माघ ९, सोमबार प्रकाशित ( साल अघि) ५८१ पाठक संख्या

 

परासी, ९ माघ । रामग्राम जेसीज परासीको आयोजनामा शाखा भेटघाट तथा स्वागत कार्यक्रम आज परासीमा सम्पन्न भएको छ ।
नेपाल जेसीज वर्ष २०२३ का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जीवन कार्की शाखा भ्रमणको क्रममा रामग्राममा आएको अवसरमा उहाँको स्वागतमा भेटघाट कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा रामग्राम जेसीज वर्ष २०२३ का अध्यक्ष बेनी माधव बस्यालले बुद्धको अस्तिधातु रहेको ऐतिहासिक रामग्राम नगरीमा स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्दै शाखाका आगामी योजनाहरुबारे प्रकाश पार्नु भएको थियो ।
उक्त अवसरमा निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष कार्कीले युवाहरुलाई सक्रिय बनाउँदै उद्यमशील बनाउन आग्रह गर्नुभयो । उहाँले युवाहरुको नेतृत्व व्यक्तित्व विकासका कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । शाखालाई आवश्यक सहयोग गर्न नेपाल जेसीज तयार रहेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल जेसीज वर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष भीमबहादुर कुँवर,रामग्राम जेसीजका पूर्व अध्यक्ष एवं निवर्तमान राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरी, निवर्तमान अध्यक्ष अनिल कुमार उपाध्याय लगायतले आ–आफ्नो धारणा राख्नुभएको रामग्राम जेसीज वर्ष २०२३ का महासचिव विष्णु राज रावले दैनिक 24 खबरलाई जानकारी दिनुभयो ।
कार्यक्रममा रामग्राम जेसीज वर्ष २०२३ का महासचिव रावको सञ्चालन,कार्यकारिणी उपाध्यक्ष पुरुषोत्तम तिवारीको स्वागत र कार्यकारिणी उपाध्यक्ष राजु देवानको आस्था पाठ रहेको थियो । रामग्राम जेसीज वर्ष २०२३ को यो पहिलो कार्यक्रम हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस