२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रामग्राम जेसीजको २३ ओैँ पद हस्तान्तरण तथा पदस्थापन सम्पन्न, वर्ष २०२३ को अध्यक्षमा बस्याल

२०७९ माघ ८, आईतबार प्रकाशित ( साल अघि) ५६८ पाठक संख्या

परासी, ८ माघ । रामग्राम जेसीज पश्चिम नवलपरासीको २३ ओैँ पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । आज परासीमा सम्पन्न उक्त कार्यक्रममा रामग्राम जेसीज वर्ष २०२२ को नेतृत्वले वर्ष २०२३ को लागि निर्वाचित नेतृत्वलाई पद हस्तान्तरण गरेको हो ।
लुम्बिनी प्रदेश सभा सदस्य वैजनाथ जयसवालको प्रमुख आतिथ्यमा भएको उक्त समारोहमा रामग्राम जेसीज वर्ष २०२२ का अध्यक्ष अनिल कुमार उपाध्यायले वर्ष २०२३ का नवनिर्वाचित अध्यक्ष बेनी माधव बस्याललाई जेसीज चेन लगाएर पद हस्तान्तरण गर्नुभएको हो ।

Received_5730298117017841

रामग्राम जेसीजको गत पुस १५ गते सम्पन्न शाखा अधिवेशनले बस्यालको नेतृत्वमा नयाँ समिति निर्वाचित गरेको थियोे । नवनिर्वाचित समितिको कार्यकारिणी उपाध्यक्षमा राजु देवान र पुरुषोत्तम तिवारी,उपाध्यक्षहरुमा श्याम कँहार,राम पौडेल,निरज ज्ञवाली र पारस यादव, सहसचिवमा उमेश कोँहार र सहकोषाध्यक्षमा जगदीश कोँहार चयन हुनुभएको हो । नवनिर्वाचित अध्यक्ष बस्यालले आजै जेसीजको विधान अनुसार महासचिवमा विष्णु राज राव,कानुनी सल्लाहकारमा सन्तोष खनाल र कोषाध्यक्षमा मुकेश लोनियालाई मनोनीत गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष बस्याललाई निवर्तमान अध्यक्ष उपाध्यायले र कार्य समितिका अन्य पदाधिकारीलाई अध्यक्ष बस्यालले पद तथा गोपनीयताको सपथ खुवाउनु भएको थियोे । उक्त अवसरमा रामग्राम जेसीज वर्ष २०२२ को उत्कृष्ट सदस्य अवार्डबाट विष्णु राज रावलाई सम्मान गरिएको थियोे भने वर्षभरि कार्यकाल सफल पार्न सहयोग गर्ने व्यक्ति तथा संस्थालाई मायाको चिनो प्रदान गरिएको थियोे ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालले जेसीजको माध्यमबाट युवाहरुलाई सशक्तीकरण र उद्यमशील बनाउनुपर्नेमा जोड दिनुभयो । लामो राजनीतिक क्रान्तिपछि अब मुलुकमा आर्थिक क्रान्ति आवश्यक भएकोले जेसीजले त्यसतर्फ आफ्नो अभियान केन्द्रीत गर्नुपर्नेमा उहाँको जोड थियोे ।
कार्यक्रममा रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्याम बस्याल,नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष गुरुदेव पौडेल,रामग्राम जेसीजका पूर्व अध्यक्ष सुमन गोपाल आचार्य,यम कुमारी सुवेदी,चन्द्रमणि चौधरी,निवर्तमान अध्यक्ष अनिल उपाध्याय,वर्तमान अध्यक्ष बेनी माधव बस्याल लगायतले जेसीजको महत्त्वबारे प्रकाश पार्नु भएको थियोे ।
रामग्राम जेसीज वर्ष २०२२ का कानुनी सल्लाहकार मोहन पौडेलको सञ्चालन,वर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष विष्णु राज रावको स्वागत,वर्ष २०२२ का कोषाध्यक्ष पुरुषोत्तम तिवारीको जेसीज मिसन र भिजन वाचन तथा वर्ष २०२२ कै सहकोषाध्यक्ष निरज ज्ञवालीको आस्था पाठमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस