२०८२ भाद्र ८, आईतबार
24 खबर अपडेट

आदिवासी जनजाति महासंघ रामग्राम नगर अध्यक्षमा भवानी शंकर

२०७९ माघ ८, आईतबार प्रकाशित ( साल अघि) ७६१ पाठक संख्या

मोहन पौडेल
परासी, ८ माघ । नेपाल आदिवासी जनजाति महासंघ रामग्राम नगर समन्वय परिषद्को अध्यक्षमा भवानी शंकर चौधरी निर्वाचित हुनुभएको छ । महासंघ नगर समितिको आज परासीमा सम्पन्न दोस्रो अधिवेशनले सर्वसम्मत रुपमा नयाँ समिति चयन गरेको हो ।
नवगठित नगर समितिको उपाध्यक्षमा गंगा सुर्यवंशी,जसई चौधरी र केशव प्रसाद चौधरी,सचिवमा मनोज कुमार चौधरी ,कोषाध्यक्षमा कामना चौधरी तथा सहसचिवमा श्याम बहादुर चौधरी, सन्तराम श्रेष्ठ लगायत चयन हुनुभएको निर्वाचन संयोजक एवं महासंघका जिल्ला सचिव देवान गुरुङले दैनिक 24खबर डटकमलाई जानकारी दिनुभयो ।
नगर समितिका निवर्तमान अध्यक्ष ओमप्रकाश चौधरीको अध्यक्षता तथा जिल्ला अध्यक्ष तारा रानाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियोे । जिल्ला अध्यक्ष रानाले <span;>आदिवासी जनजातिका दविएर रहेका सवालहरुलाई टोलटोलबाट उजागर गर्दै सरकारलाई झक्झक्यानु पर्ने आवश्यक रहेको बताउनुभएको थियोे।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%५%

प्रतिक्रिया दिनुहोस