२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रेडक्रस बालपुरी उपशाखाको सभापतिमा २५ वर्षीय मौर्य निर्वाचित

२०७९ माघ ६, शुक्रबार प्रकाशित ( साल अघि) ५०४ पाठक संख्या

परासी, ६ माघ । नेपाल रेडक्रस सोसाईटी बालपुरी उपशाखा नवलपरासीको सभापतिमा २५ वर्षीय भोलेनाथ कोईरी(सञ्जय मौर्य) निर्वाचित हुनुभएको छ । उपशाखाको दोस्रो अधिवेशन अन्र्तगत नयाँ नेतृत्वका लागि आज सम्पन्न निर्वाचनमा मौर्य विजयी हुनुभएको हो ।
रेडक्रसको सभापति हुने मौर्य जिल्लामै कान्छो सभापति हुनुहुन्छ । उपशाखाको सभापति पदका अर्का प्रत्यासी यमप्रसाद भुसाल(दीपक)लाई ३३ मतले हराउँदै मौर्य सभापतिमा विजयी हुनुभएको हो । मौर्यले १६४ मत ल्याउँदा भुसालले १३१ मत ल्याउनुभएको थियो ।
समितिको उपसभापति र उपकोषाध्यक्ष बाहेक अन्य सबै पदमा निर्वाचन भएको निर्वाचन अधिकारी एवं नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका मन्त्री ऋषिराम सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार उपसभापतिमा ओमकुमारी चौधरी र उपकोषाध्यक्षमा सत्यनारायण चौधरी सत्यनारायण चौधरी निर्विरोध निर्वाचित हुनुभएको हो ।
यसैगरी सचिवमा ईन्द्रकमल यादव, कोषाध्यक्षमा जीतबहादुर गुप्ता, उपसचिवमा टीपराज राय, महिला सदस्यमा राधा कुमारी पंजीयार, खुल्ला सदस्यहरुमा देवराज राय थारु, ल्याकत अलि, विनायक शर्मा, जन्मोजय यादव विजयी हुनुभएको छ ।
कूल ३८३ मतदाता मध्ये ३१२ जनाले मतदान गरेका थिए । मतदान सरावलको भीमटाँडीस्थित रेडक्रस उपशाखाको भवनमा सम्पन्न भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस