२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सुनवल जेसीज वर्ष २०२३ को अध्यक्षमा आचार्य सर्वसम्मत निर्वाचित

२०७९ माघ ४, बुधबार प्रकाशित ( साल अघि) ३८८ पाठक संख्या

मोहन पौडेल
परासी, ४ माघ । पश्चिम नवलपरासीको सुनवलमा यूवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय संस्था सुनवल जेसीज वर्ष २०२३ को अध्यक्षमा विकास आचार्य निर्वाचित हुनुभएको छ । सुनवल जेसीजको आज सम्पन्न ११ औँ शाखा अधिवेशनले आचार्यको नेतृत्वमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो ।

Bik

नवगठित समितिको कार्यकारीणी उपाध्यक्षमा सुरज चालिसे र सुवर्णराज उपाध्याय, उपाध्यक्षहरुमा अन्कित घिमिरे, हिरा केसी, सञ्जय कुमार गुप्ता र विष्णु कुमारी पुन निर्वाचित हुनुभएको निर्वाचन संयोजक एवं सुनवल जेसीज वर्ष २०२१ का अध्यक्ष बासुदेव पौडेलले जानकारी दिनुभयो । जेसीजको विधान अनुसार महासचिव, कोषाध्यक्ष, कानुनी सल्लाहकार र निर्देशकहरु अध्यक्षले मनोनित गर्ने व्यवस्था छ ।
सुनवल जेसीज वर्ष २०२२ की अध्यक्ष जमुना थापाको अध्यक्षता तथा सुनवल जेसीजका संस्थापक अध्यक्ष रेशम शर्माको प्रमुख आतिथ्यमा भएको १२ औँ साधारणसभा तथा ११ औँ शाखा अधिवेशनको उद्घाटन समारोहमा सुनवल जेसीजका पूर्वअध्यक्षहरु रमेश कर्माचार्य, चुडामणि गैरे, जीवन पौडेल,बासुदेव पौडेल लगायतले शुभकामना व्यक्त गर्दै जेसीजप्रतिको आकर्षण बढाउन तालिमको आवश्यकता महशुस गर्दै सुनवल जेसीजबाट युवा नेतृत्व उत्पादन गरी विभिन्न क्षेत्रमा नेतृत्व गरेको बताउँदै आगामी दिनमा पनि थप तालिमलाई जोड दिनुपर्ने बताउनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस