२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

उखुको समर्थन मूल्य तोकियो, प्रतिक्विन्टलमा २० रुपियाँ बृद्धि

२०७९ माघ ४, बुधबार प्रकाशित ( साल अघि) ५९१ पाठक संख्या

 

नवलपरासी, ४ माघ। सरकारले उखुको समर्थन मुल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले समर्थन मूल्य प्रतिक्विन्टल २० रुपियाँ बृद्धिगरी ५४० रुपियाँ तोकेको कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले बताउनुभयो । यस्तै, ७० रुपियाँ किसानका लागि सरकारले ढुवानीका लागि अनुदान पनि दिने निर्णय गरेको छ ।

उहाँले भन्नुभयो, “आज बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५४० रुपिँया तोकेका छौँ । सरकारले ७० रुपिँया ढुवानीका लागि अनुदान दिने पनि निर्णय गरेको छ ।” उहाँका अनुसार  प्रस्तावित समर्थन मूल्य ५३५ थियो । बैठकले पाँच रुपियाँ बढाएर ५४० रुपियाँ समर्थन मूल्य तोकेको हो । जुन गत बर्षको तुलनामा २० रुपियाँ बढी हो ।

गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५२० रुपियाँ तोकेको थियो । ढुवानी बापतको अनुदान रकम ७० रुपियाँ नै कायम गरेको थियो । अहिले भने सरकारले उखुको न्यूनतम मूल्य नै क्विन्टलमा २० रुपियाँले बृद्धि गरेर नयाँ मूल्य तोकेको हो ।

कृषिमन्त्री साहका अनुसार उत्पादन लागतमा २० प्रतिशत नाफा किसानलाई निश्चित गरेर नयाँ मूल्य तोकिइएको हो । ५४० रुपियाँ क्विन्टलमा उद्योगीले अब किसानसँग उखु किन्नु पर्नेछ । बाँकी ७० रुपियाँ भने किसानलाई सरकारले दिएको अनुदान हो, उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस