२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा महिला जेसीजद्धारा परासीमा दीप प्रज्वलन

२०७९ माघ ३, मंगलबार प्रकाशित ( साल अघि) २२२ पाठक संख्या

मोहन पौडेल
परासी, ३ माघ । पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा पश्चिम नवलपरासीमा दिप प्रज्वलन गरिएको छ ।
रामग्राम महिला जेसीज वर्ष २०२३ को आयोजनामा आज साझ परासी बुद्धचोकमा दीप प्रज्वलन गरी दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको हो । कार्यक्रममा सहभागीहरुले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोककुल परिवारजनमा धर्यधारण गर्ने शक्तिका लागि प्राथना समेत गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले विमान दुर्घटनाबाट ठूलो मानवीय क्षति भएको बताउँदै दु:ख व्यक्त गर्नुभयो । उहाँले दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभयो ।
महिला जेसीजकी अध्यक्ष जोगमाया चौधरीले पोखरामा भएको विमान दुर्घटनाले आफूहरू सहित सम्पूर्ण नेपाली नै मर्माहत भएको बताउनुभयो । उहाँले सरकारले यश किसिमका हवाइ दुर्घटना रोक्न ठोस कदम चल्न आवश्यक रहेको बताउनुभयो ।
आईतवार पोखरामा भएको विमान दुर्घटनामा ७२ जनाले ज्यान गुमाएका थिए ।
उक्त अवसरमा रामग्राम जेसीजका पूर्व अध्यक्ष राजकुमार रेश्मी, रामग्राम महिला जेसीजकी पूर्व अध्यक्ष रिंगला यादव,महासचिव डोल्मा चौधरी,सनम मुल्मी लगायतले शोक मनतव्य व्यक्त गर्नुभएको थियोे भने नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरी,रामग्राम जेसीज र रामग्राम महिला जेसीजका पूर्व अध्यक्षहरु,पदाधिकारी,पत्रकार लगायतको पनि सहभागिता रहेको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस