२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

बर्दघाटको टीसीएन चोकबाट प्रहरीले नियन्त्रणमा लियो साढे १३ लाखको अबैध खशीबोका

२०७९ माघ २, सोमबार प्रकाशित ( साल अघि) ३६३ पाठक संख्या

मोहन पौडेल
परासी, २ माघ । पश्चिम नवलपरासी प्रहरीले साढे १३ लाख रुपैयाँ बराबरको अबैध खशीबोका नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले बर्दघाट नगरपालिका -४ स्थित टीसीएन चोकबाट आज बिहान उक्त परिमाणको अबैध खशीबोका नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय परासीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले दैनिक 24 खबर डटकमलाई दिएको जानकारी अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत टीसीएन चोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ ख २९१६ नं. को ट्रकमा जाँच गर्दा कुनै पनि कागजपत्र नभएका ९० गोटा जिउदो अवैध खसीबोका तथा बाख्रा नियन्त्रणमा लिएको हो । बरामद खशीबोकालाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाईएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस