२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

प्रदेशको राजधानी पूर्ण व्यवस्थापनको जिम्मेवारी वर्तमान सरकारले लिन्छः मुख्यमन्त्री गिरी

२०७९ पौष ३०, शनिबार प्रकाशित ( साल अघि) ४६९ पाठक संख्या

 दशरथ घिमिरे

दाङ,३० पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले राजधानी व्यवस्थापनलाई पूर्णता दिने जिम्मेवारी वर्तमान सरकारले निभाउने बताएका छन् । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको शनिबार राप्ती गाउँपालिकामा आयोजित तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले अघिल्लो प्रदेश सभा बैठकबाट भएको निर्णय कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध भएको बताए ।‘राजधानीको व्यवस्थापन र निर्माण वर्तमान सरकारको जिम्मेवारी हो । प्रदेश सभाबाट भएको निर्णय कार्यान्वयन पूर्णरुपमा गर्छौं’मुख्यमन्त्री गिरीले भने,‘प्रदेशको समृद्धिनै हाम्रो मुल लक्ष्य हो ।’

मुख्यमन्त्री गिरीले प्रदेशको स्थायी राजधानी देउखुरीमा अब स्थायी संरचना निर्माणको कामलाई तीव्रता दिइने जानकारी दिए । समग्र प्रदेश सरकार सफल भयो भने सिंगो मुलुक नै सफल हुने र नागरिकको जीवनस्तर माथि उठ्ने भन्दै मुख्यमन्त्री गिरीले यसको लागि सञ्चार जगतको सहयोग अपरिहार्य हुने बताए ।‘सञ्चार क्षेत्रसंग सहकार्य गरेर अघि बढ्नेछौं’उनले भने,‘नागरिकको जीवनस्तर माथि उकास्ने योजना छ ।’ सम्वोधनका क्रममा मुख्यमन्त्री गिरीले केपी ओली मुलुकको सर्वाधिक लोकप्रिय नेता भएको उल्लेख गरे ।‘मुलुकको अहिलेको राजनीतिक नेतृत्व केपी ओलीकै ओरीपरि छ’उनले भने,‘जनतामा सर्वाधिक लोकप्रिय नेतानै उहाँ हो ।’ चौतारी लुम्बिनी प्रदेश कमिटी अध्यक्ष शोभाकर पन्थीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव निरा गौतम(निरु)ले गरेकी थिइन् ।

७ बुदे राप्ती घोषणपत्र जारी

प्रेस चौतारी नेपाल लुम्बिनी समितिको बैठकले ७ बुदे घोषणापत्र जारी गरेको छ । समृद्ध लुम्बिनी ः आत्मनिर्भर प्रदेशको लक्ष्य र संकल्पलाई साकार पार्न प्रेस चौतारी नेपालले आमसञ्चारको क्षेत्रबाट विशेष भुमिका निर्वाह गर्ने, आमसञ्चारको भुुमिका मुलुकको समृद्धि र राजनितिक स्थायीत्व कायम हुने तर्फ केन्द्रित गर्नका लागि प्रतिबद्धता व्यक्त गरिएको छ । आमसञ्चारको समान विकास र संम्बद्र्धन हुनेगरि राज्यका तिनै तहका सरकारलाई जवाफदेही बन्न अनुरोध गरिएको छ ।

प्रेस तथा आमसञ्चारसंग सम्बन्धित कानुन निर्माण गर्दा प्रेस चौतारीसंंग समन्वय र सहकार्य गर्न आग्रह गरिएको छ । कानुन सम्मत ढंगले सञ्चालित आमसञ्चारका माध्यमहरुको संरक्षण र संम्बद्र्धनका लागि तिनै तहका सरकारहरुलाई विशेष प्याकेज सहितको व्यवस्था गर्नका लागि अनुरोध गर्दै नियमित लोककल्याणकारी विज्ञापनलाई नियमित र समानुपातिक ढंगले वितरणका लागि अनुरोध गरिएको छ । श्रमजीवी पत्रकारहरुको हकहित र पेशागत सुरक्षाको ग्यारेन्टी हुनेगरी विशेष व्यवस्था मिलाउन छातासंगठन नेपाल पत्रकार महाँसघ र सम्बद्ध निकायहरूलाई अनुरोध गर्ने, लुम्बिनी प्रदेश सरकारले देउखुरी उपत्यकामा राजधानी कार्यान्वयनलाई अघाडि बढाएकोमा स्वागत गर्दै स्थाई सरकार सञ्चालनका लागि आवश्यक सबै पुर्वाधार निर्माण गर्न अनुरोध गरिएको छ ।

नेपाल पत्रकार महाँसघको सदस्यता वितरण एवम् स्थानान्तरणमा नियम विपरीत नगर्न, राजनीतिक आग्रह पुर्वाग्रह नराख्न पत्रकार महाँसघको ध्यानाकर्षण गराइएको छ । यस्तै लोकतान्त्रिक आन्दोलन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अधिकारको आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउनुहुने ज्ञात अज्ञात सबै सहिदहरुप्रति हार्दिक श्रद्धासुमन सहित सम्मान व्यक्त गरिको छ । बैठकले प्रेस चौतारी स्थापना दिवस माघ २२ गते विभिन्न रचनात्मक कार्यक्रमको आयोजनागरी मनाउने निर्णय गरेको छ ।

बैठकले भरत केसी, हिमबहादुर जिसी लेकाली, सम्झना शर्मा, केशव पराजुली, गणेश जिसी, यादव खनाललाई सल्लाहकारमा चयन गरेको छ । जिल्लामा निस्कृय रहेका कमिटिहरुलाई फागुन मसान्त भित्र पुर्नगठन गर्ने, नेपाल पत्रकार महासंघलाई फर्जि सदस्य भर्तीगरी प्रदेशका अधिकांस जिल्लामा बदनाम गर्ने काम भएकाले सचेतनापूर्वक सहि बाटोमा ल्याउन र महासंघको गरिमा बचाउन बिशेष पहल कदमी लिने निर्णय गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस