२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

निर्वाचनका बेला मतदातासँग गरेका बाचाहरु पूरा गर्न कृयाशील छौं : विनोद चौधरी

२०७९ पौष ३०, शनिबार प्रकाशित ( साल अघि) ३५३ पाठक संख्या

 

बर्दघाट, ३० पुस । : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य विनोद चौधरीले चुनावका बेला जनताकाबीच गरिएका बाचाहरु कार्यान्वयन गर्न काम सुरु भइसकेको बताएका छन् । नवलपरासी-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित काङ्ग्रेस नेता चौधरीले चुनाव सप्पन्न भएको एक महिनामै प्रतिवद्धता पूरा गर्न कामको सुरुवात भएको बताए । शनिबार बर्दघाटमा क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “विभिन्न प्रतिकुलताकाबीच हामीले चुनाव जित्यौ ।

चुनावका बेला नेता/कार्यकर्ता र जनतासङ्ग यो क्षेत्रको विकास नै मेरो लक्ष्री हो भनेको थिए। यो एक महिनामै प्रतिवद्धता कार्यान्वयन गर्ने कामको थालनी भइसकेको छ ।” उनले निर्वाचन क्षेत्रको विकासको लागि स्पष्ट दृष्टिकोणसहित कार्ययोजना निर्माणको कार्य अन्तिकचरणमा रहेको जानकारी दिए । “विकास भनेको सोच हो । काम गर्न सरकारमै हुनुपर्छ भन्ने छैन । हामी अहिले स्थानीय तहका जनप्रतिनिधि, नीजी क्षेत्र र विज्ञहरुसङ्ग छलफल गरेर विकासको खाका बनाउदैछौ,” सांसद चौधरीले भने, “हामी कुनै आग्रह/पूर्वाग्रह नगरी यो क्षेत्रको विकासका लागि क्रियाशील हुन्छौं ।” कार्यक्रममा नवलपरासी-२ को क्षेत्रीय कार्यसमितिका साथै प्रदेश क्षेत्रीय कार्यसमितिका पदाधिकारी र सदस्य सहभागी थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस