२०८२ जेष्ठ २५, शनिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीबाट रु ६३ लाखको अवैद्य चिनी बरामद

२०७९ पौष ३०, शनिबार प्रकाशित ( साल अघि) ४५६ पाठक संख्या

मोहन पौडेल
परासी, ३० पुस । पश्चिम नवलपरासीमा ठूलो परिमाणको अवैद्य चिनी बरामद भएको छ । भन्सार छली गरी कुखुरा फर्ममा लुकाई राखेको अवस्थामा गएराति ६३ लाख रुपैँया भन्दा बढीको अवैद्य चिनी बरामद भएको हो ।
रामग्राम नगरपालिका वडा नं. ८ लोहसडा स्थित पाल्ही एग्रो फर्ममा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा राजस्व अनुसन्धान कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय परासी र सशस्त्र प्रहरी बल २६ नम्बर गण बेलाशपुरबाट खटिएको संयुक्त टोलीले ठूलो परिमाणको अवैद्य चिनी नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्याल परासीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेका अनुसार फर्ममा छापामार्दा रु ६३ लाख ११ हजार २५० बराबरको एक हजार ६८३ बोरा अर्थात ८४१.५ क्वीन्टल चिनी बरामद भएको हो । बरामद चिनी आवश्यक कारवाही प्रक्रियाका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाईएको डिएसपी पाण्डेले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस