२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सुनवलमा पिकअप र ट्रक ठक्कर खाँदा एक जनाको मृत्यु

२०७९ पौष २९, शुक्रबार प्रकाशित ( साल अघि) २०५५ पाठक संख्या

मोहन पौडेल
परासी, २९ पुस । पश्चिम नवलपरासीको सुनवलमा आज विहान ट्रक र पिकअप गाडी एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाईते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सुनवल नगरपालिका वडा नं ४ स्थित अल्कत्रेडाँडामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ च ९६३१ नम्बरको पिकअप र विपरित दिशाबाट आउँदै गरेको ना ५ ख ९७१५ नम्बरको कोईला बोकेको ट्रक विहान करिब ६ बजेको समयमा एक आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भीर घाईते भएका पिकअप चालक चितवनको भरतपुर महानगरपालिका वडा नं. १४ निवासी ५२ वर्षीय राजकुमार विकलाई ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि पृथ्वीचन्द्र अस्पताल परासीमा ल्याईएकोमा विहान सभा सात बजे अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो । विकको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो । मृत्तकको शव अस्पतालमै रहेको छ ।
यस्तै दुर्घटनामा परी घाईते भएका सोही पिकअपमा सवार भरतपुर महानगरपालिका वडा नं २३ निवासी २५ वर्षीय शिव श्रेष्ठको देवदह मेडिकल कलेजमा उपचार भईरहेको छ । टाउको र दुवै खुट्टामा चोट लागेका उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ३ का ४८ वर्षीय कान्छा तामाङ र दुवै सवारी साधन नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण यकिन हुन नसकेले अनुन्धान भईरहेको नवलपरासी प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%२%२१%

प्रतिक्रिया दिनुहोस