२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सुनवललाई महिलामैत्री शहर बनाउन सम्भाव्यता अध्ययन

२०७९ पौष २८, बिहिबार प्रकाशित ( साल अघि) ३६३ पाठक संख्या

मोहन पौडेल
परासी, २८ पुस । पश्चिम नवलपरासीको सुनवल नगरपालिकालाई महिलामैत्री शहर बनाउन पहल थालिएको छ । महिलाको लागि सुरक्षित शहर र शहरी क्षेत्रको निर्माण भए नभएको विषयमा सुनवल नगरपालिकामा पूर्व सम्भाव्यता अध्ययन थालिएको छ ।
महिलाका लागि सुरक्षित शहरको परिकल्पना साकार पार्न पहल शुरु भएको नगर प्रमुख बिमला अर्यालले दैनिक24 खबरलाई जानकारी दिनुभयो । त्यसको लागि संयुक्त राष्ट्र संघ परियोजना सेवा कार्यालयका प्रतिनिधिले दुई दिनसम्म सुनवलका विभिन्न क्षेत्रको अध्ययन अवलोकनका साथै सरोकारवालाहरुसँग छलफल गरी सम्भाव्यता अध्ययन गरेको छ । आज सुनवलका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिसँग अध्ययन टोलीले छलफल गरेको थियो । यो परियोजनाले नेपालका नौ शहरलाई महिलामैत्री शहर निर्माणका लागि सम्भाव्यता अध्ययन गरिरहेको छ ।
लुम्बिनी प्रदेशमा सुनवल नगरपालिकालाई छनौट गरी सम्भाव्यता अध्ययन थालिएको परियोजनाका वरिष्ठ सल्लाहकार एवं पूर्वसचिव सूर्यराज आचार्यले जानकारी दिनुभयो ।
अध्ययन टोलीमा आचार्यसहित परियोजनाका ईयू डेलिगेशन डिपार्टका उपप्रमुख, शहरी योजनाकार, जेसीविज्ञहरुको सहभागिता थियो । सम्भाव्यता अध्ययनपछि छनौट हुने नगरपालिकामा यो योजना लागू हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस