२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

प्रतापपुरको १३ औँ गाउँसभा शुरु- कानुन निर्माणमा जोड,गौरवका योजनाको प्राथमिकीकरण गरिने

२०७९ पौष २८, बिहिबार प्रकाशित ( साल अघि) ५२६ पाठक संख्या

मोहन पौडेल
परासी, २८ पुस । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको १३ औँ गाउँसभा(हिउँदे अधिवेशन) आजदेखि शुरु भएको छ । गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य देवकरण कलवार(सन्तु)को प्रमुख आतिथ्यमा आज एक समारोहकाबीच गाउँसभाको उद्घाटन गरिएको हो ।
यो गाउँसभाले कानुन निर्माण र अभिलेखिकरणमा जोड दिनुका साथै गाउँपालिकाका गौरवका योजनाहरुको प्राथमिकीकरण गर्ने गाउँपालिका अध्यक्ष यादवले दैनिक24 खबरलाई जानकारी दिनुभयो । सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले गाउँपालिकाले यसअघि निर्माण गरेका विभिन्न कानुन तथा कार्यविधिहरुको व्यवस्थित अभिलेखिकरण गर्ने बताउनुभयो । पालिकाका विषयगत शाखाहरुबाट पनि नयाँ कानुन निर्माणका लागि विद्ययेक प्रस्ताव गरिएको छ ।
विगतमा बनेका कानुनको परिमार्जन, शंसोधनसहित नयाँ कानुनहरु सभाले पारित गर्ने अध्यक्ष यादवले बताउनुभयो । आज प्रस्ताव गरिएका विद्ययेक तथा योजनाहरु ऋब विषयगत समितिमा दफावार छलफल पछि गाउँसभाले पारित गर्नेछ । यो सभाले चालु आ.व.का बजेटमा केही शंसोधन गर्नेछ भने प्रतापपुर गाउँपालिकाले आगामी पाँच वर्ष भित्र गर्नुपर्ने गौरवका योजनाहरु छनौट गरी प्राथमिकीकरण गर्ने बताईएको छ ।
प्रतापपुर गाउँपालिकाले लिएका नीति अनुसार पाँच वर्ष भित्र सम्पन्न गरिने कम्तिमारु पाँच करोड भन्दा माथिका प्राथमिकतामा परेका योजनाहरु रु ४१ करोड लागतमा बन्ने, प्रतापपुर चक्रपथ,रु ४३ करोड लागतमा सम्पन्न हुने कृषि विविधिकरण लगायत गाउँपालिकाको प्रशासनिक भवन, अस्पताल, शिक्षाको समग्र सुधार, स्वास्थ्यको समग्र सुधार, कृषको अभिलेखिकरण तथा आधुनिकीकरण लगायतका ३० वटा योजनाहरु मध्ये कुन पहिले गर्दै जाने भन्ने सभाले यकिन गर्ने प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि घिमिरेले जानकारी दिनुभयो ।
बैठकमा गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरीले बजेट शंसोधन विद्ययेक, अनुगमन प्रतिवेदन, न्यायिक समितिको प्रतिवेदन,वार्षिक समिक्षा प्रतिवेदन पेश गर्नुभएको थियो । सभामा प्रतापपुर सुस्ता अन्तर स्थानीय तह समन्वय समिति निर्माणको लागि पनि प्रस्ताव गरिएको छ । यस्तै सडकको क्षेत्राधिकार र मापदण्ड, संघीय सम्पुरक र विशेष अनुदान, वास प्लान निर्माण लगायतका २९ वटा प्रस्तावहरु १३ औँ गाउँसभामा पेश भएका छन् । सभा केही दिन चल्नेछ ।
गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा भएको सभाको उद्घाटन समारोहमा प्रदेशसभा सदस्य कलवार, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, गाउँपालिका उपाध्यक्ष चौधरी लगायतले सम्बोधन गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस