२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

लुम्बिनी विकास कोषका पदाधिकारीद्धारा रामग्राम स्तुपको अवलोकन,स्तुपको संरक्षण र विकास गर्न निर्देशन

२०७९ पौष २७, बुधबार प्रकाशित ( साल अघि) ३९२ पाठक संख्या

 

परासी,२७ पुस । लुम्बिनी विकास कोषका पदाधिकारी सहितको टोलीले पश्चिम नवलपरासीस्थित बुद्धको अस्तु धातु रहेको रामग्राम स्तुप र बुद्धस्थल पण्डितपुरको अवलोकन गरेको छ।

कोषका उपाध्यक्ष भिक्षु मैत्तय अवधेश कुमार त्रिपाठी, कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य तथा परिषद सदस्य सहितको टोलीले आज स्तुपको  अवलोकन गरेको हो।

गौतमबुद्धको अस्तु धातु रहेको रामग्राम बुद्धमार्गीहरुका लागि पवित्र स्थल रहेकाले यहाँको विकास गर्ने गरि स्थलगत अवलोकन गरिएको उपाध्यक्ष भिक्षु मैत्तयले बताउनुभयो । उहाँले बुद्ध भगवानको जीवनसँग जोडिएको महत्वपूर्ण स्थल रामग्राम भएकाले तत्काल र दीर्घकालिन रुपमा रामग्रामको विकास गरिने बताउनुभयो ।

उपाध्यक्ष मैत्तयले रामग्राममा तत्काल कोषको कार्यालय सञ्चालन गर्न, जग्गाको संरक्षणका लागि तारबार, पर्यटकका लागि खानेपानी, शौचालय र सूचना बोर्डहरु राख्न निर्देशन दिनुभयो। उहमँले लुम्बिनी पछिको महत्वपूर्ण बुद्धस्थलका रुपमा रामग्रामको विकास गर्नुपर्ने बताउनुभयो ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ७ उजैनीस्थित झरही नदीको किनारमा रहेको रामग्राम भगवान् बुद्धको अस्तुधातु राखी निर्माण गरिएको आठ वटा स्तुपामध्ये अहिलेसम्म बाँकी रहेको एक मात्र स्तुप हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस