२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पृथ्वी जयन्तीमा बिदा दिने निर्णयप्रति जनजाति महासंघ नवलपरासीको आपत्ति

२०७९ पौष २६, मंगलबार प्रकाशित ( साल अघि) ४२१ पाठक संख्या

परासी, २६ पुस । नेपाल आदिवासी जनजाति महासंघ पश्चिम नवलपरासीले पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने निर्णय सच्याउन सरकारसँग माग गरेको छ । महासंघ जिल्ला समन्वय परिषद्ले आज विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णय विरुद्ध आपत्ति जनाएको हो ।
सरकारले भोलि पुस २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ भने सत्ता साझेदार दलको गठबन्धनले तयार पारेको सरकारको न्युनतम साझा कार्यक्रममा पनि उक्त कुरा समावेश गरिएको थियोे ।
महासंघकि जिल्ला अध्यक्ष तारा रानाद्धारा हस्ताक्षरित विज्ञप्तिमा सरकारलाई उक्त निर्णय फिर्ता लिन आग्रह गरिएको छ ।
पृथ्वीनारायणले गोरखा राज्य विस्तारका नाममा आदिवासी जनजाति समुदायको अस्तित्व मेट्ने काम गरेकोले यो निर्णय आदिवासी जनजाति आन्दोलन विरुद्ध रहेको महासंघले दाबी गरेको छ ।
विज्ञप्तिमा राष्ट्रिय एकताका नाममा एकात्मक सोच र चिन्तनलाई संरक्षण गर्ने प्रयास आदिवासी जनजाति समुदायलाई स्वीकार्य नहुने चेतावनी पनि दिइएको छ ।
यस्ता क्रियाकलापले ऐतिहासिक जनान्दोलन, जनयुद्ध, मधेश विद्रोह र आदिवासी आन्दोलनबाट प्राप्त उपलब्धिहरु गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक/समावेशी व्यवस्थामाथि गम्भीर चुनौती थपिएको महासंघका जिल्ला सचिव देवान गुरुङले उल्लेख गर्नुभयो । निर्णय नसच्चिए सशक्त आन्दोलन गर्ने महासंघले चेतावनी दिएको छ ।

Received_478776810998644

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%३%

प्रतिक्रिया दिनुहोस