२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

दाङका दुई युवा पश्चिम नवलपरासीमा लागूऔषधसहित पक्राउ

२०७९ पौष २६, मंगलबार प्रकाशित ( साल अघि) २८८ पाठक संख्या

मोहन पौडेल
परासी, २६ पुस । पश्चिम नवलपरासी प्रहरीले लागूऔषधसहित दुई युवालाई नियन्त्रणमा लिएको छ । सुनवल नगरपालिका वडा नं. १२ स्थित होटलमा बसेका दुई यूवक लागूऔषधसहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा दाङ्को घोराही उपमहानगरपालिका वडा नं. १५ शान्तिटोल बस्ने वर्ष २७ को सनम पुन मगर र वर्ष २१ के बिराट केसी रहेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले दैनिक24 खबरलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार ईलाका प्रहरी कार्यालय सुनवल र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा भूमहीस्थित एटलस होटलमा कोठा बुक गरि रातिबास बसेका ती युवक माथि सोधपुछ गर्ने क्रममा झोलामा लुकाई राखेको अवस्थामा लागूऔषध फेला पारेपछि नियन्त्रणमा लिईएको हो ।
उनीहरुको साथबाट फेनरागन २१ एम्पुल, डाईजोपाम २१ एम्पुल र नुर्फिन ३१ एम्बुल गरी ७३ एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका युवकहरु माथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको नवलपरासी प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस