२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

मुस्कानसहितको सेवा दिएर सेवाग्राहीको मन जित्न यूनियनका केन्द्रीय अध्यक्ष पोखरेलको आग्रह

२०७९ पौष २४, आईतबार प्रकाशित ( साल अघि) ४२२ पाठक संख्या

परासी, २४ पुस । नेपाल निजामति कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष गोपाल प्रसाद पोखरेलले मूस्कानसहितको सेवा प्रवाह गर्न निजनमति कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ। उहाँले सहज र सरल रुपमा सेवा प्रवाह गरी सेवाग्राहीको मन जित्न जोड दिनुभयो ।
नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्यसमिति पश्चिम नवलपरासी आज परासीमा आयोजना गरेको अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष पोखरेलले कर्मचारीहरुले सेबाग्राहीलाई सम्मानजनक व्यबहार गर्दे सेवा दिनुपर्ने बताउनुभयो ।
अध्यक्ष पोख्रेलले संघीय निजामति कर्मचारी ऐन हालसम्म पनि जारीगर्न नसक्नु राज्यको कमजोरी भएको बताउँदै निजामति कर्मचारी युनियन कर्मचारीको वृत्ति बिकास तथा ऐनको लागि सदैव अग्रस्थानमा उभिँदै आएको दाबी गर्नुभयो ।
उहाँले सबैखालका कर्मचारीहरुको ब्यबस्थापन गर्ने जिम्मेवारी सरकारको भएकोले सरकारलाई संघीय संसदको पहिलो बैठकद्वारा निजामति ऐनको विषयलाई प्राथमिकता दिन माग गर्नुभयो ।
निजामति कर्मचारी युनियन नवलपरासीका अध्यक्ष सनत कुमार गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रिय वरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल,उपाध्यक्ष मदन गौतम,उपमाहासचिव इन्दु शर्मा,गणेश भन्डारी,केन्द्रिय सदस्य मनिष अधिकारी,हरि ज्ञवाली,नबिन पन्थि,युनियनका पूर्व जिल्ला अध्यक्ष सुनिल लामिछाने लगायतले सम्बोधन गर्नु भएको जिल्ला सचिप सुन्दर खनालले दैनिक24 खबरलाई जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%१%

प्रतिक्रिया दिनुहोस