२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रामग्राम महिला जेसीज वर्ष २०२३ को अध्यक्षमा चौधरी निर्वाचित

२०७९ पौष २३, शनिबार प्रकाशित ( साल अघि) ७१२ पाठक संख्या

मोहन पौडेल
परासी, २३ पुस । रामग्राम महिला जेसीज वर्ष २०२३ को अध्यक्षमा जोगमाया चौधरी निर्वाचित हुनुभएको छ । महिला जेसीजको आज परासीमा सम्पन्न १२ ओैँ शाखा अधिवेशनले चौधरीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो ।
नवगठित समितिको कार्यकारिणी उपाध्यक्षमा विनिता खड्का र सरिता कुर्मी,उपाध्यक्षमा लक्ष्मी चौधरी, रमा गौतम,अन्नु सुनार,अस्मिता मल्ल चयन हुनुभएको छ भने सहसचिवमा अनामिका हरिजन र सहकोषाध्यक्षमा बबिता जयसवाल निर्वाचित हुनुभएको निर्वाचन आयुक्त एवं रामग्राम महिला जेसीज २०२१ कि अध्यक्ष पुष्पा लामाले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
एक व्यक्ति एक पद र एक वर्षको कार्यकाल रहने जेसीजमा महासचिव,कानुनी सल्लाहकार ,कोषाध्यक्ष तथा निर्देशकहरु अध्यक्षले मनोनीत गर्ने प्रावधान छ ।
रामग्राम महिला जेसीज वर्ष २०२२ कि अध्यक्ष अनिता दवाडी तिवारीको अध्यक्षता तथा रामग्राम -३ का वडा अध्यक्ष उज्ज्वल न्यौपानेको प्रमुख आतिथ्यमा भएको वार्षिक साधारणसभा तथा अधिवेशन उद्घाटन समारोहमा महिला जेसीजकि पूर्व अध्यक्ष लक्ष्मी क्षेत्री,रिंगला यादव,उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस