२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

चिसोबाट जोगाउन अतिविपन्नलाई न्यानो कपडा वितरण गर्न जसपा नवलपरासीको माग

२०७९ पौष २२, शुक्रबार प्रकाशित ( साल अघि) ३२६ पाठक संख्या

परासी, २२ पुस । अति विपन्न र गरिब परिवारको पहिचान गरी न्यानो कपडा वितरण गर्न जनता समाजवादी पार्टी पश्चिम नवलपरासीले माग गरेको छ । शीत लहरसँगै बढ्दै गएको जाडोले विपन्न परिवार मारमा परेको भन्दै जसपाले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै जिल्ला विपद् व्यवस्थापन समिति र पालिकाहरूबाट यथाशीघ्र न्यानो कपडा वितरण गर्न माग गरिएको हो ।
शीतलहर र जाडोले अति विपन्न नागरिकको जीवनयापन नै अस्तव्यस्त हुँदा पनि अहिलेसम्म कुनै निकायले उनीहरुको जीवन रक्षामा ध्यान नदिएकोले तत्काल न्यानो कपडाको व्यवस्था गर्न माग गरिएको जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादवले दैनिक24 खबरलाई बताउनुभयो ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले विपन्न र गरिब परिवारको पहिचान गरी नामावली बुझाउन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिएको र नामावली प्राप्त भएपछि त्यसैका आधारमा न्यानो कपडा वितरण गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
विगतमा पनि प्रशासनलेजाडो र शीतलहरलाई ध्यानमा राखी विपन्न र गरिब परिवारलाई कम्बल लगायत न्यानो कपडा वितरण कार्य गर्दैै आएको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस