२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सरावलबाट अवैद्य काठसहित पिकअप गाडी बरामद

२०७९ पौष १४, बिहिबार प्रकाशित ( साल अघि) ६२९ पाठक संख्या

नारायण पाण्डे
बासा, १४ पुस । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ स्थित बासाबाट अवैद्य काठ बरामद भएको छ । बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी,बासा प्रहरी चौकी र सेक्टर वन कार्यालको संयुक्त गस्ती टोलीले सामुदायिक वन क्षेत्रबाट अबैद्य रुपमा सिसौका गोलिया कटान गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
वनको मध्य भागमा अवैद्य रुपमा कटान गरेको अवस्थामा १९ गोलिया अर्थात १३७.५१ क्यूफिट बराबरको काठसहित लु १ च ७२८२ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ । काठ कटान गरि लोड गर्दै गरेको अवस्थामा काठ र गाडीसहित गाडीका चालक सुनवल नगरपालिका वडा नं. ११ बस्ने शेषकान्त ढकाललाई पक्राउ गरि आवश्यक अनुसन्धानको लागि बर्दघाट सरावल सव डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस