२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

सुस्ताको बरुवा र कुडियामा बजार अनुगमन, दर्ता बिनै मेडिकल सञ्चालन,किरानामा अखाद्य वस्तु

२०७९ पौष ११, सोमबार प्रकाशित ( साल अघि) १५१४ पाठक संख्या

मोहन पौडेल
परासी, ११ पुस । संयुक्त जिल्ला बजार अनुगमन समितिले आज पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकास्थित वडा नं. १ र २ का विभिन्न व्यवसायिक फर्महरुको अनुगमन गरेको छ । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गंगाधार पाण्डेको नेतृत्वमा रहेको अनुगमन टोलीले सुस्ताको बरुवा बजार र कुडियामा रहेका खाद्यन्न, होटल तथा रेष्टुरेष्ट, बेकरी, मेडिकल, फेन्सी लगायतका २३ वटा व्यवसासायिक फर्महरुको अनुगमन गरेको हो ।
अनुगमनको क्रममा अधिकांश पसलहरुमा अखाद्य तथा म्याद गुज्रेका वस्तुहरु फेला परेको प्रमुख पाण्डेले दैनिक24 खबरलाई बताउनुभयो । किराना पसलहरुबाट म्याद गुज्रेका र अखाद्य वस्तुहरु जफत गरी नष्ट गरिएको छ भने अधिकांश पसलहरुमा मूल्यसूची, कर पाटी, साईनबोर्ड समेत नराखेको भेटिएपछि तत्काल सुधार गर्न सचेत गराईएको उहाँले बताउनुभयो ।
होटल तथा रेष्टुरेण्टहरुमा सरसफाईको कमी देखिएको छ भने त्यस क्षेत्रमा सञ्चालित फार्मेसी पसलहरु भने दर्ता बिनै सञ्चालन भईरहेको पाईएको छ । अनुगमन टोलीले तत्काल सम्बन्धित निकायमा दर्ता गरेर मात्र मेडिकल सञ्चालन गर्न निर्र्देशन गरेको अनुगमन टोलीका सदस्य एवं ईलाका प्रशासन कार्यालय सेमरीका प्रमुुख दीपेश उप्रेतीले जानकारी दिनुभयो ।
त्यस क्षेत्रमा सञ्चालित अधिकांश पसलहरुमा कानुन विपरीत बोत्तलमा पेट्रोलियम पदार्थ खुलेआम विक्री वितरण गरिरहेको पाईएको थियो भने अधिकांश पसलहरुले सम्बन्धित पालिकामा व्यवसाय दर्ता नगरेको तथा कतिपयले सम्बन्धित निकायमा व्यवसाय दर्ता नगरुी आन्तरिक राजस्व कार्यालयमा कर प्रयोजनको लागि मात्र दर्ता गरेको भेटिएको थियो । सो क्षेत्रमा पहिलो पटक अनुगमन गरिएकोले आगामी दिनमा सुधार गर्ने गरी सचेत गराईएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पाण्डेले बताउनुभयो ।
ऋअनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पाण्डे,ईलाका प्रहरी कार्यालय सेमरीका प्रमुख दीपेश उप्रेती, सुस्ता गाउँपालिकाका विजय अधिकारी, उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला सचिव मोहन पौडेल, कुडिया प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक राजाराम यादव, नेपाल पत्रकार महासंघका सदस्य गौरीशंकर जयसवाल, घरेलु तथा साना उद्योग कार्यालयका मनोज चौधरी लगायतको सहभागिता रहेको थियो ।

03

 

04

 

05

 

06

 

07

 

08

 

09

 

10

 

11

 

12

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%२%२%१%

प्रतिक्रिया दिनुहोस