२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रामग्रामका सन्दिपको नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा उम्मेदवारी

२०७९ पौष ३, आईतबार प्रकाशित ( साल अघि) ५४८ पाठक संख्या

परासी, ३ पुस । रामग्राम जेसीज परासीका पूर्व अध्यक्ष सन्दिप अग्रहरीले नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । वर्ष २०२२ मा राष्ट्रिय उपाध्यक्ष रहनुभएका अग्रहरीले वर्ष २०२३ को लागि राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो ।
नेपाल जेसीजको ४९ औँ राष्ट्रिय महाधिवेशन विरगञ्जमा यही पुस ७ देखि १० गतेसम्म सम्पन्न हुँदैछ । विरगञ्ज जेसीजको आतिथ्यमा हुने महाधिवेशनले नेपाल जेसीजको वर्ष २०२३ को लागि नयाँ नेतृत्व चयन गर्नेछ । जेसीजमा एक व्यक्ति एक पद र एक वर्षको कार्यकाल रहने गर्दछ ।
रामग्राम जेसीजको प्रस्तुतीमा उम्मेदवारी दिनुभएका अग्रहरीलाई विजयी बनाउन हरतरहले लागिरहेको रामग्राम जेसीज वर्ष २०२२ का अध्यक्ष अनिल कुमार उपाध्यायले बताउनुभयो । अग्रहरी शाखा अध्यक्ष र २०२२ मा राष्ट्रिय उपाध्यक्ष हुँदा पनि सबै जेसीजहरुको मन जित्न सफल हुनुभएकोले वर्ष २०२३ को राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा पनि सबैको मन र मत पाएर विजयी हुने विश्वासका साथ अघि बढिएको अध्यक्ष उपाध्यायले बताउनुभयो ।
जुझारु,उर्जाशील र कर्मप्रति विश्वास गर्ने जेसीज अभियान्ता सन्दिप अग्रहरी रामग्रामको मात्र नभएर रामग्राम जेसीजले मातृत्व प्रदान गरेका पश्चिम नवलपरासीका सबै शाखा र नेपाल भरकै जेसीज शाखाहरुको साझा उम्मेदवारको रुपमा रहनुभएको रामग्राम महिला जेसीज वर्ष २०२२ की अध्यक्ष अनिता दवाडी तिवारीले बताउनुभयो ।
नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका अग्रहरीलाई रामग्राम जेसीज र रामग्राम महिला जेसीजले संयुक्त रुपमा औपचारिक कार्यक्रम गरेर विजयीको शुभकामना व्यक्त गरेको हो । उक्त अवसरमा रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्यामकुमार बस्याल, पूर्व राष्ट्रिय उपाध्यक्ष यमकुमारी सुवेदी, रामग्राम जेसीजका निवर्तमान अध्यक्ष चन्द्रमणि चौधरी, पूर्व अध्यक्षहरु मेघराज गौतम, राजकुमार रेश्मी, मुक्तिप्रसाद पौडेल, रामग्राम महिला जेसीजकी निवर्तमन अध्यक्ष पुष्पा लामा, रामग्राम जेसीजका कार्यकारिणी उपाध्यक्ष विष्णुराज राव, कानूनी सल्लाहकार मोहन पौडेल, रामग्राम महिला जेसीजकी महासचिव विनिता खड्का लगायतले बोल्दै अग्रहरीलाई विजयको शुभकामनासहित विजयी बनाउने अभियानमा सँगसँगै रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस