२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

कोलवृक्ष बचत तथा ऋण सहकारीको १३ औँ साधारणसभा सम्पन्न

२०७९ पौष ३, आईतबार प्रकाशित ( साल अघि) ९६९ पाठक संख्या

नारायण पान्डे
सरावल, ३ पुस । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ मा स्थित कोलवृक्ष बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १३ औँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सस्थाका अध्यक्ष नेत नारायण चौधरीको अध्यक्षता तथा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले सञ्चालक समिति र लेखा समितिबाट प्रस्तुत विभिन्न प्रतिवेदनहरु पारित गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष चौधरीले देशको तीन खम्बे अर्थनीतिमा सहकारी पनि एक रहेकोले सहकारीले आफ्ना सदस्यहरुको हितसँगै समग्र राष्ट्रमै योगदान पुर्याउने बताउनुभयो । सहकारीले आय आर्जन र जीविकोपार्जनमा टेवा पुग्ने बताउँदै उहाँले नेतृत्व विकास समेत हुने भएकोले विशेषगरी महिलाहरुलाई समेटी अगाडी बढ्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा वडा नम्बर १ का पुर्व वडाध्यक्ष भेष नारायण चौधरी, समाजसेवी ओम प्रकाश चौधरी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
साधारणसभामा अध्यक्षको प्रतिबेदन सस्थाका अध्यक्ष नेत नारायण चौधरीले प्रस्तुत गर्नुभएको थियो भने सस्थाको बार्षिक प्रगती नीति तथा कार्यक्रमसहित सचिवको प्रतिवेदन संस्थाका सचिव प्रल्हाद पासीले प्रस्तुत गर्नुभएको थियो । संस्थाले गत आर्थिक वर्षमा कुल रु ६ करोड ७४ लाख ५० हजार ६ सय ८४ बरबरको आर्थिक कारोबार गरेको सस्थाका कोषाध्यक्ष सञ्जय कुमार काजीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै जानकारी दिनुभयो । उहाँका अनुसार सस्थाले रु ४० लाख ५० हजार २ सय ९० नाफा गर्न सफल भएको छ । सस्थाको लेखा प्रतिबेदन लेखा संयोजक देव नारायण चौधरीले प्रस्तुत गर्नुभएको थियो । ्
संस्थाका उपाध्यक्ष नरविरेन्द्र चौधरीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सस्थाका सचिव प्रल्हाद पासीले गर्नुभएको थियो । २०६६ सालमा स्थापना भएको यस सहकारीले सरावल गाउपालिका वडा नम्बर १, २ र ३ लाई आफ्नो कार्य क्षेत्र बनाई सेवा प्रदान गरिरहेको छ भने संस्थामा हाल ५ सय ३८ जना शेयर सदस्यहरु आबद्ध रहेका छन ।
साथै संस्थाको सम्पन्न अधिवेशनले आगामी कार्यकालको लागि नेतनारायन चौधरीको अध्यक्षतामा नया कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा नरबिरेन्द्र चौधरी, सचिव प्रहलाद पासी, कोषध्यक्ष संजय कुमार काजी लगायत रहनुभएको छ । त्यसैगरी अधिवेशनले लेखासमिति पनि सर्वसम्मत चयन गरेको छ । जसको सयोजकमा कृष्ण चौधरी निर्वाचित हुनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस