२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पुस एकदेखि बर्दघाट औद्योगिक व्यापार मेला

२०७९ मंसिर २१, बुधबार प्रकाशित ( साल अघि) ५३० पाठक संख्या

मोहन पौडेल
परासी, २१ मंसिर । पश्चिम नवलपरासीको बर्दघाटमा औद्योगिक व्यापार मेला सञ्चालन हुने भएको छ । यही पुस एक गतेदेखि बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको छैँठौँ संस्करण आयोजना हुन लागेको हो ।
मेला आयोजक बर्दघाट उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गरी पुस एकदेखि ११ गतेसम्म मेला सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । करिब तीन करोडको आर्थिक कारोबार हुने लनुमान गरिएको उक्त मेलामा २०० स्टल रहने संघका अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी दिनुभयो ।
करिब डेढ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिएको उक्त मेलाको आवश्यक तयारी तीव्र रुपमा भईरहेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । यस वर्ष विशेष आकर्षणको रुपमा भलिवल प्रतियोगिता, जातजातिबीचको भेष्भुषामा नेतृत्व प्रतियोगिता र भजनकीर्तन प्रतियोगिता रहनेछन् । मेलामा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, शैक्षिक, स्वास्थ्य, बैंक तथा वित्तीय संस्था, होटल तथा रेष्टुरेण्ट, बाल उद्यान लगायतका स्टल रहने उहाँले बताउनुभयो ।
अध्यक्ष न्यौपानेका अनुसार मेलामा कृषि,हस्तकला, घरेलु उत्पादन तथा महिला उद्यमीका स्टल निःशुल्क् हुनेछन् भने स्थानीय फेन्सी, भाँडा, मोबाईल लगायतका व्यवसायीले यही मंसिर २५ गते भित्र स्टल बुकिङ् गरेमा बाहिरी व्यवसायीलाई प्रवेश दिईने छैन भने उक्त समय भित्र बर्दघाट उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीले स्टल राख्न चाहेमा ७० प्रतिशत रकम छुट गरिने संघले जनाएको छ । संघका साधारण सदस्यलाई तीन वटा टिकट निःशुल्क उपलब्ध गराईने अध्यक्ष न्यौपानेले बताउनुभयो ।
नवलपरासी जिल्लालाई कृषि, पर्यटन एवं औद्योगिक जिल्लाको रुपमा परिचित गराउँदै यस क्षेत्रका धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पयंटकीय र जैविक विविधताको संरक्षण तथा प्रचारप्रसार गरी समग्र आर्थिक तथा सामाजिक क्षेत्रको विकास गराउन एकै थलोबाट हातेमालो गरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बजारसम्म औद्योगिक लघु उद्यम तथा कृषिजन्य उत्पादनको बजार विस्तार गर्न उपभोक्तालाई मुलुक भित्रै किनमेल गर्ने बानीको विकास गराउनुका साथै कृषि क्षेत्रको प्रवद्र्धन एवं व्यापक प्रचारप्रसारमा टेवा पुर्याउने मेलाको लक्ष्य रहेको संघका महासचिव दिनेश न्यौपानेले जानकारी दिनुभयो ।
स्थानीय उत्पादनको बजार विस्तार र स्वदेशी उत्पादनको प्रवद्र्धनमा मेलाले महत्वपूर्ण टेवा पुर्याउने आयोजकको दाबी छ । मेलामा ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क् प्रवेशको व्यवस्था मिलाईएको छ भने टिकट दर रु ७० र विद्यार्थीका लागि रु ५० निर्धारण गरिएको संघले जनाएको छ । यसैबीच संघका अध्यक्ष न्यौपानेले मेला लगाउने विषयमा केही मिडियामा विभिन्न खालका समाचार आईरहेकोमा ध्यानाकर्षण जनाउँदै मेला लगाउन संघका सबै पदाधिकारी एकमत रहेको र कुनै खालको मतभेद नरहेको स्पष्ट पार्नुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस