२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

जिसस पश्चिम नवलपरासीद्धारा संघ र प्रदेशका नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना व्यक्त

२०७९ मंसिर १५, बिहिबार प्रकाशित ( साल अघि) ४७६ पाठक संख्या

मोहन पौडेल
परासी, १५ मंसिर । जिल्ला समन्वय समिति पश्चिम नवलपरासीले नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । जिससले आज परासीमा एक कार्यक्रम गरी पश्चिम नवलपरासीबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुलाई बधाई तथा शुभकामनासहित सम्मान गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नवलपरासी क्षेत्र न.२ का प्रतिनिधिसभा सदस्य एवं राप्रपाका उपाध्यक्ष धु्रबबहादुर प्रधानले नवलपरासी जिल्लालाई नमूना बनाउने गरी सवै जनप्रतिनिधि मिलेर अघि बढ्न आह्वान गर्नुभयो । एक्लै गर्छु भनेर सम्भव नहुने बताउँदै उहाँले सबै मिलेर बृहत योजनाका साथ काम गर्न सके जिल्लालाई नमूनाको रुपमा चिनाउन सकिने बताउनुभयो । अहिले नवलपरासी जिल्लालाई चिनाउने गरी रामग्राम स्तुप बाहेक केही नभएको बताउँदै उहाँले त्रिवेणी धामलाई पनि आफ्नो बनाउन नसक्नु बिडम्बना भएको बताउनुभयो । त्रिवेणी धामलाई पश्चिम नवलपरासीमै समावेश गर्न विभिन्न आवाज उठेपनि तत्कालिन प्रतिनिधिहरु चुप लागेर बसेको उहाँको भनाई थियो । जनताको मतबाट केही गर्ने अभिभारा प्राप्त भएकोले सबैको समन्वय र सहकार्य आवश्यक हुने उहाँले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल)ले जिल्लाको विकास निर्माण लगायत यहाँका समस्या समाधानका लागि जिल्ला समन्वय समितिले प्रभावकारी समन्वय र सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले नागरिकलाई सहज, छिटो छरितो सेवा र विकासको अनूभूति दिलाउन सबै जनप्रतिनिधि एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, विश्वप्रेम पाठक,खड्ग बस्नेत,रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरी लगायतले निर्वाचनको समयमा गरेका प्रतिबद्धता पूरा गर्दै विकासमा नमूना जिल्ला बनाउन हातेमालो गरेर अघि बढ्ने बताउनुभएको थियो । जिल्ला समन्वय अधिकारी मानबहादुर खड्काले सुशासन, जनमुखि योजना, समृद्धि र विकास नै अहिलेको आवश्यकता भएको बताउँदै नवनिर्वाचित जनप्रतिनिधबाट त्यसै अनुसार कार्य हुने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा जिल्लाका स्थानीय तहका प्रमुख उपप्रमुखहरु,निमित्त प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको जिसस उपप्रमुख रामदयाल गुप्ताले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस