२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

सुनवलका वडावडामै योजना सम्झौता

२०७९ मंसिर १२, सोमबार प्रकाशित ( साल अघि) ५८७ पाठक संख्या

मोहन पौडेल
परासी, १२ मंसिर । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले वडाबाटै योजना सम्झौता गर्न थालेको छ । वडाबाटै योजना सम्झौता हुन थालेपछि नगरवासीलाई सहज भएको छ।
नगर सभाबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न थालिएको नगर प्रमुख बिमला अर्यालले दैनिक 24 खबरलाई जानकारी दिनुभयो ।
सम्बन्धित वडामा नगर प्रमुख,प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारीसहितको टोली  पुगेर सम्बन्धित वडाध्यक्ष, सचिव तथा छनोट भएका योजनाका उपभोक्ता समितिका पदाधिकारीकाबीच कार्य सम्झौता गर्ने काम भईरहेको नगर प्रमुख अर्यालले बताउनुभयो ।
उपभोक्ता समिति  मार्फत सञ्चालन हुने योजना वडाबाटै सम्झौता गर्दा काम समयमै र छिटोछरितो सम्पन्न गर्न सकिने, उपभोक्ता समितिलाई सहज हुने, योजना सम्झौताका लागि नगरपालिका कार्यालयसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने र सही उपभोक्ता पहिचान गर्नमा सघाउ पुग्ने मुख्य उद्देश्यले वडा-वडामै योजना सम्झौतालाई अभियानको रूपमा अगाडि बढाइएको मेयर अर्यालले उल्लेख गर्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नगरवासी लाभग्राहीको लागि  यो एक प्रकारको घुम्ती सेवा जस्तै भएको बताउनुभयो ।  उपभोक्ता समितिले योजना सम्झौतापश्चात अन्तिममा काम सकेर भुक्तानीका लागि मात्रै नगरपालिका कार्यालयमा आए पुग्ने एउटै कामका लागि पटक-पटक आइरहनुपर्ने भएकोले उपभोक्तालाई सहज हुने उहाँले बताउनुभयो ।
उहाँका अनुसार १३ वटा वडा रहेको नगरपालिकाका हालसम्म वडा नं. ४,५ र १२ मा यो कार्यको शुरुआत भईसकेको छ भने  बाँकी रहेका वडामा क्रमशः सम्झौता गरिने प्रमुख प्रशासकीय अधिकृत मरासिनीले बताउनुभयो ।
नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्दिष्ट गरेको स्थानीय तहको अधिकार क्षेत्रभित्रको विकास निर्माण कार्यलाई सरलीकरण र सहभागितामूलक रूपमा सञ्चालन गर्न यो सेवा वडा-वडामै लगिएको नगरपालिकाले जनाएको छ ।

Received_1224336108119063

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%

प्रतिक्रिया दिनुहोस