२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा दुई स्थानमा मतगणनाको तयारी

२०७९ मंसिर ४, आईतबार प्रकाशित ( साल अघि) ६८५ पाठक संख्या

 

मोहन पौडेल
परासी, ४ मंसिर । पश्चिम नवलपरासीको मतगणना दुई स्थानमा हुने भएको छ । निर्वाचन क्षेत्र नम्बर १ को मतगणना बर्दघाट नगरपालिकाको कार्यालय बर्दघाट र क्षेत्र नम्बर २ को रामग्राम नगरपालिकाको कार्यालय परासीमा हुने छ।
मतदान सम्पन्न भई मतदान स्थलबाट मतपेटिका आएपछि सर्वदलीय बैठक गर्ने र सर्वदलीय बैठकका आधारमा मतगणना सकेसम्म आजै शुरु गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलका अनुसार मतगणना हुने दुवै स्थानको लागि आवश्यक पूर्वाधार तयार भईसकेको छ। मतगणना स्थलमा तार जाली लगाउने काम भएको छ । यस्तै सिसी क्यामरा जडानको काम समेत सम्पन्न भएको छ ।
गणनास्थलको लागि छुट्टै कर्मचारीको व्यवस्था गरिएको छ भने गणना स्थलको सुरक्षा व्यवस्था कडा बनाईएको छ । मतदानको समय सकिएपनि पश्चिम नवलपरासीमाकेही केन्द्रमा अहिले पनि मतदान जारि छ । साझ ४:४५ बजेसम्ममा जिल्लामा ६८ प्रतिशत मत खसेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%१%

प्रतिक्रिया दिनुहोस