२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा १७ प्रतिशत मत खस्यो, शान्तिपूर्ण रुपमा मतदान जारी

२०७९ मंसिर ४, आईतबार प्रकाशित ( साल अघि) ४६८ पाठक संख्या

मोहन पौडेल
परासी, ४ मंसिर । पश्चिम नवलपरासीसहित देशभैभरी आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान जारी छ । जिल्लाका अधिकांश मतदान केन्द्रहरुमा विहान सात बजेदेखि नै मतदान शुरु भएको हो ।
विहान साढे दश बजेसम्ममा जिल्लाभर १७ प्रतिशत मतदान भएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले दैनिक24 खवरलाई जानकारी दिनुभएको छ । उहाँका अनुसार हालसम्म ४० हजार २४ मत खसेको छ । जसमा पुरुष २०हजार ५२९ जना र महिला १९ हजार ४९५ जनाले मतदान गरेको छन् ।
पश्चिम नवलपरासीमा एक लाख १९ हजार ६५ महिला र एक लाख २१ हजार ८६१ पुरुष गरी दुई लाख ४० हजार ९३० मतदाता रहेका छन् । जिल्लाभर १२० मतदान स्थल र २८७ मतदान केन्द्र तथा एक अस्थायी मतदान केन्द्र(जिल्ला कारागार) रहेका छन् । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा हालसम्म शान्तिपूर्ण रुपमा मतदान भईरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभएको छ ।
निर्वाचन आयोगले साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ । तर यसपटक मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिति भने देखिएको छैन् । चिसो मौसमका कारण मतदान केन्द्रमा बिहानैदेखि मतदाताको न्यून उपस्थिति देखिएको छ । निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था मजबुत बनाईएकोले निर्धक्क भएर भयरहित वातावरणमा मतदान गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

001

 

002

 

003

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस