२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

विकासको जिम्मा हामीलाई दिनुहोस् – दीपेन्द्र अधिकारी

२०७९ कार्तिक ३०, बुधबार प्रकाशित ( साल अघि) ११६० पाठक संख्या

परासी, ३० कात्तिक । नेकपा एमालेबाट पश्चिम नवलपरासीको क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपेन्द्र कुमार अधिकारीले विकासको जिम्मा एमालेलाई दिन आग्रह गर्नुभएको छ । एमाले जित्दा विकास लहर चल्ने उहाँले बताउनुभयो ।
पश्चिम नवलपरासीको सुनवल ४ मा आज घरदैलो पछि आयोजित कोणसभामा बोल्दै एमाले जिल्ला अध्यक्ष समेत रहनुभएका उम्मेदवार अधिकारीले यसअघि एमालेबाट बैजनाथ चौधरीले जित्दा यस क्षेत्रमा अर्बाेैँ रकम भित्राएर विकासको ईतिहास रच्न सफल भएजस्तै पुनः यस क्षेत्रमा एमालेले जितेमा थप प्रभावकारी र अधुरा विकासका काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले आफू प्रतिनिधि भईरहँदा यस क्षेत्रका नागरिकको शीर झुक्ने गरी कुनै काम नगर्ने बताउनुभयो । सबैभन्दा ठूलो समस्याको रुपमा रहेको बेरोजगारी समस्या समाधन गर्दै रोजगारी सिर्जनामा एमालेले विशेष पहल गर्ने उहाँले बताउनुभयो ।
नेता अधिकारीले सुनवलदेखि महलपोखरीसम्मको बाटोलाई पहिलो प्राथमिकतामा राखेर विकास गर्ने बताउँदै बेलारी पश्चिम तुरिया नदीको नियन्त्रणका लागि तटबन्ध निर्माण, कृषि, शिक्षा, स्वास्थ्यमा आमूल परिवर्तन लगायतका कार्य एमालेले जित्दा मात्र पूरा हुने दाबी गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस