२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

म यही माटोको मान्छे,यहाँका नागरिकलाई धनी र सुखी बनाउने सपना पूरा गर्नुछ – प्रधान(अन्तरवार्ता)

२०७९ कार्तिक ३०, बुधबार प्रकाशित ( साल अघि) १४९० पाठक संख्या

परासी, ३० कात्तिक । ध्रुबबहादुर  प्रधान,नवलपरासीको लागि यो नयाँ नाम होईन् । पूर्व प्रहरी महानिरीक्षक एवं नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष रहनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्वाचित केन्द्रीय उपाध्यक्ष प्रधान प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ अन्र्तगत पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुनुहुन्छ । यसपटकको निर्वाचनमा उहाँको दल राप्रपा र स्वयम प्रधानप्रति मतदाताको आकर्षण बढेको पाईएको छ । परासीमा जन्मेर यही गाउँमा पढेर पनि विद्यार्थी कालमा एमएससीमा उहाँ सर्वाेत्कृष्ट हुन सफल हुनुभएको थियो । नेपाल प्रहरीको सर्वाेच्च पद प्रहरी महानिरीक्षक भएर लामो अनुभव संगाल्नुभएका प्रधान प्रहरी सेवामा रहँदा अधिकृतको तालिममा पनि प्रथम हुनुभएको थियो । प्रहरी सेवामा रहँदा स्वच्छ छवि निर्माण गर्नुभएका प्रधान जागिरे जीवनबाट अवकाश पछि राप्रपामा आवद्ध हुँदै निरन्तर जनताको सेवामा लाग्नुभएको छ । प्रस्तुत छ दैनिक24 खवरका लागि मोहन पौडेलले उम्मेदवार प्रधानसँग गरेको कुराकानीको सम्पादीत अंश

प्रधान जी, आफूलाई जनताको माझमा कसरी चिनाउनुहुन्छ ?
म यही माटोमा जन्मे हुकेको मानिस हुं, परासीमै जन्मे हुर्केकोले यही माटोका लागि केही योगदान दिन चाहन्छु । समग्रमा म पश्चिम नबलपरासीवासीको सच्चा सेवक हुँ ।

तपाई प्रहरीको उच्च पद आइजीपी भएको मान्छे फेरी राजनीतिमा किन लाग्नुभयो ?
आइजीपी पद कर्मचारी हो । जसको काम हुन्छ नियम कानुनको अधिनमा रहेर सरकारको निर्देशनमा काम गर्ने ।आइजीपी केबल तलब भत्ता लिएर काम गर्ने पद हो । यो पदमा बसेर मुलुकको समग्र आर्थिक, प्राविधिक, कुटनीतिक,मानब श्रोत ब्यबस्थापनका क्षत्रमा सकारात्मक र चाहेझैं परीबर्तन गर्न सकिँदैन् । यो पदमा बसेर नागरिकको जीबनस्तर उठाउन प्रत्यक्ष रुपमा कुनै योगदान गर्न पनि सकिँदैन, हो यो पदमा बस्दा नागरिकलाई अमनचयन राखेर विकासको लागि सुरक्षित वातावरण बनाउन सकिन्छ तर आईजीपी स्वयमले राज्यको विकासको औजार बन्न सक्दैन् । म समाज र मुलुकका लागि अलि ठुलै योगदान गर्न चाहनथे तर आईजीपि भएर मात्र त्यो सम्भव थिएन् । त्यसकारण म राजनीतिमा प्रवेश गरेको हुँ । राजनीतिमा पनि म ईमान्दारपूवर््क लागिरहेको छु र जनताको विश्वास जितेर संसदमा छिर्ने विश्वास लिएको छु । संसदको माध्यमबाट मुलुक र मेरो क्षेत्रका जनताको सेबा गर्न खोजिरहेको छु । मेरो बाँकी जीवनकालमा पनि यो मुलुक र समाजलाई केही योगदान गर्ने सपना प्रहरी सेवामा रहेर मात्र पूरा हुन नसक्ने भएकोले म राजनीतिमा लागेको हुँ ।

तपाईले दिन खोजेको योगदान अथवा तपाईले पूरा गर्न चाहेका ती सपना के हुन् ? जुन कुरा आईजीपी भएर पनि गर्न सकिएन ?

सारा विश्व कहाँबाट कहाँ पुगिसक्यो, तर हाम्रो देशमा अझै पनि अधिकतम घरमा अझै पनि खान लाउन नै संघर्ष छ । गरीबी र अभाव छ । चाडपर्व आउँदा कसरी रमाईलो मान्ने भन्दा पनि पाहुना पासा टार्ने, कसरी दान दक्षिणा जुटाउने भन्ने चिन्ता अधिकांश घरमा छ । मेरो सपना भनेकै यो मुलुकमा बसोबास गर्ने कुनै पनि नेपालीले गरीबी र अभावमा जीवन बिताउन नपरोस् भन्ने हो । गाउँ समाजमा सबै धनी बनुन्, हरेकलाई आफुले चाहेको अनुसार खान लागउन र सुख पूर्वक जीवन बाँच्न पुगोस्,धनी शहरका धनी व्यक्ति बन्न सकुन्, देश धनी बनोस् । नेपाली विदेशमा गएर पसिना बगाउने होईन् नेपालमा अन्य देशका श्रमिकहरु आएर रोजगारी गर्न सकुन । एकबारको जिन्दगी कुनै नेपालीको दुःख अभाव, कष्टमा नबितोस् ।

मलाइ के लाग्छ भने जब सम्म नागरिक धनी हुदैनन् , तब सम्म देश पनि धनी हुन सक्दैन् । देश धनी हुन पहिला नागरिकलाई धनी बनाउन जरुरी छ । त्यसका लागि हामलिे शसक्त गुरुयोजनाको साथ सबै निकायबाट त्यही मार्गमा काम गर्नुपर्दछ । नागरिकलाई इमान्दार भएरै धनी बन्न सक्ने अबस्था बनाउनुपर्दछ ।यो स्थीति ल्याउन अहिले रहेका थुप्रै नीति नियम कानुनहरु प्रिवर्तन गर्नुपर्दछ । राष्ट्रिय स्रोत साधनको सही सदुपयोग गर्दै कर्मचारीतन्त्र लाइ अनुशासित, सेबामुखी र नैतिकवान बनाउन जरुरी छ । हामीले कृषि,पर्यटन, शिक्षा, स्वास्थ्य लगायत हरेक क्षत्रमा सुधार गर्नुपर्दछ । आन्तरिक र बाह्य सुरक्षा मजबुत बनाउनुपर्दछ । बालबालिकालाई नैतिक र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षा दिनुपर्छ । श्रम बजारमा जानेहरुलाइ सरकारले दक्ष मानबश्रोत बनाइ पठाउनु पर्दछ । म मा देशको आर्थिक अवस्था परिवर्तन गर्न सक्ने भिजन मिसन छर सांसद हुन चाहेको पनि यीनै ठूला ठूला सपना पूरा गर्न नेतृत्वदायी भूमिका खेल्नको लागि हो । मेरा सपना मेरा हीतका लागि नभई आम नागरिकको हीतको लागि हुन् । यी काम म केबल सरकारी कर्मचारी भएर पुरा गर्न सक्दीन थिँए । तसर्थ जनताको विश्वास लिएर नीति निर्माण गर्ने थलोमा जान चाहन्छु, मलाई विश्वास छ, यसपटक यहाँका मतदाताले मलाई त्यो स्थानमा पुर्याउनुहुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस