२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

संविधानको रक्षा गर्न गठबन्धनले जित्नु आवश्यक छ – प्रधानमन्त्री देउवा

२०७९ कार्तिक २९, मंगलबार प्रकाशित ( साल अघि) ९४५ पाठक संख्या

मोहन पौडेल
परासी, २९ कात्तिक – प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउबाले संविधानको रक्षाका लागि लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउन आग्रह गर्नुभएको छ । गठबन्धनले जितेमा विना कारण संसद भङ्ग नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट चौपत्तामा गठबन्धनले आज गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउबाले भन्नुभयो, “गठबन्धनले चुनाव जितेपछि कुनै पनि हालतमा बिना कारण संसद विघटन गर्दैन्,संविधानमा संसद् विघटन गर्ने अधिकार छैन्,नभएको अधिकार प्रयोग गरेर यसअघि संसद् विघटन गरियो,त्यसकारणले कुनै हालतमा यो गठबन्धनले जित्नुपर्छ”
देउवाले पाँच वर्षसम्म र त्यसपछि पनि दुई तीनवटा चुनावसम्म गठबन्धन कायमै रहने बताउनुभयो । “हामी यो देश र समावेशी संविधानलाई बचाउन चाहन्छौ, महिला, दलित,मुस्लिम, मधेसी लगायतलाई दिएको अधिकार बचाउनुहुन्छ,संविधानको रक्षा गर्न आवश्यक छ, यो सबैभन्दा उत्तम संविधान हो”, उहाँले भन्नुभयो।
यस क्षेत्रमा सत्तागठबन्धनबाट डलर अरबपति नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी उम्मेदवार रहेकोले उहाँले जितेपछि यस क्षेत्रमा मल कारखाना स्थापना हुने उहाँको दाबी थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस