२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

मतदाताको अपार माया पाएको छु, म साझा उम्मेदवार हुँ, जनताको हित नै मेरो स्वार्थ-गैरे(अन्तरवार्ता)

२०७९ कार्तिक २७, आईतबार प्रकाशित ( साल अघि) ७५० पाठक संख्या

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिँदै जाँदा पश्चिम नवलपरासीमा पनि चुनावी सरगर्मी बढ्न थालेको छ । उम्मेदवारहरु जनताको घरदैलोमा मत माग्दै पुगिरहेका छन् । पश्चिम नवलपरासीको क्षेत्र नं.२ को प्रदेश सभा १ मा नेकपा एमालेको तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ, थानप्रसाद गैरे । सुनवल नगरपालिका, रामग्राम नगरपालिकाको वडा नं १,२,११,१२ र१३ तथा सरावल गाउँपालिकाको वडा नं. १,२ र ३ सम्म फैलिएको यो प्रदेश निर्वाचन क्षेत्रमा गेरै प्रति मतदाताको आकर्षण देखिएको छ । लामो राजनीतिक तथा सामाजिक अनुभव संगाल्नुभएका गैरेसँग तत्कालित सुनवल गाविसको दुई पटक अध्यक्ष भएर काम गरेको अनुभव छ ।  २०३६ सालमा पञ्चायन विरोधी आन्दोलनमा लागेर औपचारिक रुपमा राजनीतिक क्षेत्रमा प्रवेश गर्नुभएका गैरे २०४९ देखि २०५९ सम्म दुई कार्यकाल सुनवल गाविसको अध्यक्ष हुँदा लोकप्रीय कामहरुको सुरुवात गरी सुनवलवासीको मनमा बस्न सफल हुनुभएको थियो । राजनीतिक क्षेत्रमा मात्रै होईन गैरे सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील र लोकप्रिय हुनुहुन्छ । सुनवलको शिक्षा,खानेपानी, सहकारी लगायत समग्र विकासमा उहाँको उच्च योगदान छ । नेकपा एमालेका प्रदेश कमिटी सदस्य समेत रहनुभएका उम्मेदवार गैरेसँग दैनिक24 खवरका लागि मोहन पौडेलले गरेको कुराकानीको सम्पादीत अंश

घरदैलोमा पुग्दा मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
हाम्रो क्षेत्रका विभिन्न वडाहरुमा हामी चुनावी घरदैलो र कोणसभा गरिरहेका छौँ । सबै मतदाताहरुले अपार माया देखाउनुभएको छ । जहाँ पुग्दा पनि मतदाताको अपार माया देखिएको छ । यसपटक संघ र प्रदेशमा नेकपा एमालेको सरकार बन्नुपर्छ भनेर नागरिकहरुबाट प्रतिक्रिया आईरहेको छ । समृद्ध नेपाल सुखी नेपाल बनाउन पनि एमालेको सरकार आवश्यक छ भन्दै अन्यन्त खुशीका साथ जनताहरु हामीसँगै घरदैलोमा घुम्ने पनि गर्नुभएको छ ।
मतदातासँग पुग्दा के प्रतिबद्धता गर्नुभएको छ ?
हामीले यहाँका स्थानीय समस्या, सडक, पुलपुलेसा, सुकुम्बासी समस्या,शिक्षा र स्वास्थ्यमा सुधार,बेरोजगारी समस्या समाधानसहित यस क्षेत्रको समग्र विकासका विषयमा हामीले प्रतिबद्धता जनाएका छौँ,जनताले पनि एमालेका उम्मेदवारहरुलाई हामी जसरी पनि जिताउँछौँ भनिरहनुभएको छ ।
जितेपछि प्रतिबद्धता पूरा गर्नुहुन्छ त ?
अवश्य गर्छौँ । नेकपा एमालेबाट प्रतिनिधित्व गर्दै गर्दा हामीलाई लामो अनुभव पनि छ। स्थानीय निकायमा पनि गाविस अध्यक्ष भएर पनि मैले काम गर्ने अवसर पाएको थिँए भने विभिन्न सामाजिक संघ संस्थाहरुमा रहेर पनि काम गर्दे आएको कारणले मलाई धेरै कुराहरुको अनुभव छ । हामी जे बोल्छौँ, ती कुराहरु पूरा गर्छाैैँ । हामीले गरेको प्रतिबद्धता मध्ये कतिपय ग्यारेन्टी नै दिन्छौँ, कतिपय पाँच वर्ष भित्रमा पार्टीका प्रतिबद्धता अन्र्तगत रहेर कार्यान्वयन गर्छाैँैँ ।
तपाईको प्रमुख प्राथमिकता के को हुन् ?
मेरो मख्य प्राथमिकता यस क्षेत्रको तीव्र विकास,अधुरा योजना पूरा गर्नु र यहाँका समस्या समाधन गर्नु नै हो । यस क्षेत्रको प्रमुख पर्यटकीय स्थल जोड्ने सुनवल–महलपोखरी सडक अहिले सम्म ओझेलमा परेको छ,सबैले भाषणमा यो सडकको विकास गर्छाैँै भन्ने तर बजेट विनियोजनको पहल नगर्ने गरेका कारण यो सडक पूरा गर्ने मेरो प्राथमिकतामा छ । सुनवल ज्यामिरेदेखि,पण्डितपुर, रामग्राम स्तुप, महामाया सडक हुँदै बर्दगोरिया लगायतका धार्मिक स्थल जोड्ने बुद्ध सर्किट बनाउने प्रतिवद्धता गरेका छौँ । सुनवलमा आधुनिक सुविधासम्पन्न अस्पताल निर्माण गर्ने, यस क्षेत्रमा स्थापना गरिएका क्याम्पस कलेजको स्तरोन्नती गरी शैक्षिक गुणस्तर र भौतिक विकास गर्ने, वातावरणीय सुधारको लागि यस क्षेत्रमा सामुदायिक वनहरुसँग समन्वय गरी पर्यटक आकर्षण गर्ने चिडियाखानाको स्थापना गर्ने, यहाँ सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या छ, यो समस्या समाधान गर्दै जनताको सेवामा समर्पित हुने मेरो लक्ष्य छ ।
चुनावी मैदानमा धेरै प्रतिस्पर्धीकाबीच मतदाताले तपाईलाई नै किन मतदान गर्ने ?
यो क्षेत्रका सबै मतदाताहरुसँग म परिचित छु, यहाँका सारा समस्याहरुसँग म परिचित छु, म सँग जति अनुभव छ, अन्य उम्मेदवारहरुसँग त्यो कमै होला। मेरो त प्रतिस्पर्धा नै छैन् । अन्य प्रतिस्पर्धी साथीहरुको पनि भिजन होला तर मेैले जुन भिजन जनताको बीचमा लगेको छु, मलाई विश्वास छ, मेरो भिजनलाई मन पराएर यो क्षेत्रका जनताले मलाई माया गर्नुहुनेछ। म अहिले चुनावमा एमालेबाट टिकट लिएर लडेपनि म साझा उम्मेदवार हो र जितेपछि पनि सबैको साझा प्रतिनिधि भएर कुनै पूर्वाग्रह बिना काम गर्ने विश्वास दिलाउन चाहन्छु । अरु राजनीतिक दलका साथीहरुले पनि यसपटक मलाई मत दिएर मलाई सहयोग गर्नुहुन्छ ।
अन्त्यमा मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?
यो क्षेत्रको समग्र विकास गर्ने हो भने यसपटक यहाँ मलाई काम गर्ने अवसर दिनुहोस् । त्यसपछि पाँच वर्ष म यहाँको जनताको सेवकको रुपमा काम गर्नेछु । मेरो आफ्नो कुनै व्यक्तिगत स्वार्थ छैन् जनताको हीत नै मेरो स्वार्थ हो र यहाँको तीव्र विकास गरेर प्रतिनिधि भनेको यस्तो हुनुपर्छ भन्ने बनाउने छु, मलाई विश्वास छ, यसपटक सबैले मलाई माया गरेर मत दिनुहुनुेछ । धन्यवाद ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस