२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

कात्तिक पूर्णिमाको अवसरमा अनोमाघाटको प्रवद्र्धनका लागि एक हजार दियो बालियो

२०७९ कार्तिक २१, सोमबार प्रकाशित ( साल अघि) ४०६ पाठक संख्या

मोहन पौडेल
परासी, २१ कात्तिक । पश्चिम नवलपरासीस्थित सुस्ता गाउँपालिकाको महत्वपूर्ण धार्मिक एवं पुरातात्विक क्षेत्र अनोमाघाट(ठाडीघाट)मा एक हजार दीपप्रज्वलन गरिएको छ । पौराणिक बुद्धस्थल भएर पनि ओझेलमा रहेको अनोमाघको प्रवद्र्धनका लागि कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा आज साँझ हजार दियो बालिएको हो ।
सुस्ता गाउँपालिका–५ स्थित ठाडीघाटको रूपमा परिचित अनोमाघाट क्षेत्रमा कात्तिक पूर्र्णिमाको अवसरमा हरेक वर्ष ठूलो मेला लाग्ने गरेको छ । आज साँझ देखि नै मेला शुरु भएकोले कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा हजार दीपप्रज्वलन गरी शान्तिको कामना गरिएको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले दैनिक 24खवरलाई जानकारी दिनुभयो ।
गाउँपालिकाकी उपाध्यक्ष गीता चौधरी, प्रमुख प्रशासकीय अधिकृत पौडेल, वडा अध्यक्ष प्रभुनाथ यादव तथा नेपाल र भारतका भक्तजनहरुको सहभागितामा दीपप्रज्वलन गरिएको हो । नारायणी नदीको तटमा रहेको यो स्थल गौतमबुद्ध भिक्षु बनेको स्थल हो । कपिलवस्तुबाट बुद्धत्व प्राप्तिका लागि प्रस्थान गरेका सिद्धार्थ गौतमले यसै स्थलमा केश मुण्डन गरी गेरुवस्त्र धारण गरेको बुद्धग्रन्थहरूमा उल्लेख रहेको छ ।
गौतमबुद्धले बुद्धत्व प्राप्त गर्न बोधगया जाँदाको प्रस्थान विन्दु रहेकाले पनि अनोमाघाट क्षेत्र महत्वपूर्ण पर्यटकीयस्थलका रूपमा रहेको छ । सो घाट बुद्धको अस्तु धातु रहेको ऐतिहासिक रामग्राम स्तूपबाट पूर्वतर्फ नारायणी (अनोमा)नदीको किनारमा अवस्थित छ । मान्छे किन बिरामी हुन्छ, किन दुःख पाउँछ, सुख पाउन के गर्नुपर्छ, किन मर्नुपर्छ भन्ने जान्न बुद्धले दरबार त्यागेर ज्ञानको खोजीमा निस्कँदा २९ वर्षको उमेरमा अनोमा नदी (त्रिवेणी नदी)मा टाउको मुण्डन गरेर सन्यासी भएको बुद्धग्रन्थहरूमा उल्लेख छ ।
बुद्धकालिन स्थल भएकोले यस क्षेत्रको संरक्षण, विकास, प्रवद्र्धन गर्न गाउँपालिका निरन्तर लागिरहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । गाउँपालिकाकै आयोजनामा यहाँ कात्तिक पूर्णिमा दिन लाग्ने मेलाको मूख्य आकर्षण परम्परागत कुस्ती प्रतियोगिता हुने गरेको छ । यस वर्ष सोही वडाका वडा अध्यक्ष प्रभु यादवको अध्यक्षतामा मेला व्यवस्थापन समिति गठन गरि मेला सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

A2

 

A3

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस