२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

मैले चिनेका थान प्रसाद गैरे

२०७९ कार्तिक १९, शनिबार प्रकाशित ( साल अघि) ९९४ पाठक संख्या

रमेश नेपाली                                                                       नेपाल सरकारले यही २०७९ मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरी असोज २३ गते उम्मेदवार हरुले मनोनयन दर्ता गरेर अहिले चुनाबी प्रचार प्रसारमा लागीरहेका बेला नेकपा एमालेको तर्फ़बाट नवलपरासी(ब.सु.प.) प्रदेशसभा क्षेत्र न. २/क मा सूर्य ध्वजाबाहक उम्मेदवारको रूपमा चुनाबी प्रचारमा होमिएको एउटा नाम हो कमरेड थान प्रसाद गैरे ।
२०५६ साल पछिका हरेक संसदीय निर्वाचनमा पार्टी भित्र आफ्नो उम्मेदवारी दाबी गर्दै आउनु भयका कमरेड थान प्रसाद गैरे झंडै २५ वर्ष पछी पार्टी बाट टिकट पायर उम्मेदवार बन्नू भयको छ । पार्टीमा लामो उतार चढ़ाबका बाबजुत पनी निरंतर पार्टी कामलाई आफ्नो घरकै काम जस्तो सोचेर बिहान बाट साझ सम्म पार्टी काम र जनताको सेवामा समर्पित भयका गैरेले मंगसीर ४ गते हुने निर्वाचनमा टिकट पाउदा आम कार्यकर्ता र जनता काम गर्ने व्यक्तिको मूल्यांकन भयको भनि खुसी भयका छन । आफ़ना सारा कुराहरुलाई पाखा लगायर जनताको सेवामा समर्पित भयको व्यक्तिलाई यसपाली नवलपरासी क्षेत्र न. २/क का आम मतदाताहरुले उहाले चार दशक जनताको लागी गरेको सामाजिक सेवालाई आफ्नो मत दियर अनुमोदन गर्न आतुर रहेको यहाका मतदाताहरु बताउछन ।
कसैलाई केही अप्ठेरो पर्यो भनि थाहा पाउने बित्तिकै सबै भंदा पहिला आफ़ई पुग्ने स्वभाव भयका गैरे जनताका हरेक सुख दुखमा जनता संगै दुख सुख साटासाट गर्ने स्वभावकै कारण आम जनता अनी मतदाताको रोज़ाइको नेताको रुपमा परिचित छन । मनमा लागेको कुरा अगाड़ी नै भनिदिने कड़ा स्वभावका कारण कही व्यक्तिहरुले आलोचना गरेता पनी मीठो बोलेर चिपलो घसी नहुने कुरामा हुँछ भनि जनतालाई झुक्याऊनु भंदा जे हो त्यही भनिदिने मनमा पाप नभायको नेताको रुपमा आम कार्यकर्ता र मतदाताहरुले उहाको परिचय दिने गर्छन ।
बहुदल आई सकेपछि पहिलो स्थानीय निर्वाचन २०४९ र दोस्रो स्थानीय निर्वाचन २०५४ मा लगातार नेकपा एमालेको तर्फ़बाट सूर्य ध्वजाबाहक उम्मेदवारको रुपमा जित हासिल गरी २ कार्यकाल अर्थात १० वर्ष सुनवल गा.बि.स. अध्यक्षको रुपमा काम गरेका थान प्रसाद गैरेले समग्र सुनवलको बिकास र सुनवल बासिको समृद्धिको लागी अहोरात्र खटी काम गरेको हामी देख्न सक्छौ । सुनवलको बिकाशको रूपरेखा र खाका कोर्ने नेताको रुपमा चिनियका गैरे बिभिन्न संघ संस्थाहरूको संस्थापक अध्यक्ष भयर काम गरेको ज्वलंत उदाहरणहरु हामी देख्न सक्छौ ।
सुनवललाई शैक्षिक हबका रूपमा बिकास गर्नु पर्छ भनेर अभियान चलायका थान प्रसाद ग़ैरेले धेरै बिद्यालय र क्याम्पसको अध्यक्ष भै शैक्षिक सुधार र शैक्षिक सुधार अभियानको क्षेत्रमा काम गर्नुभयको छ । नेपालकै नमूना क्याम्पसको रुपमा परिचित महाकवि देवकोटा क्याम्पसको संस्थापक अध्यक्ष भयर काम गरी उच्च शिक्षाको उल्लेख्य योगदान गर्नुभयको छ । आज महाकवि देवकोटा क्याम्पस नेपाल कै उत्कृष्ट क्याम्पसको रुपमा परिचित छ भने सुनवलबासिको गौरवको बिसय समेत बनेको छ । त्यसैगरी सुनवल खानेपानीको समेत संस्थापक अध्यक्ष भयर ३ कार्यकाल चलायर सुनवलबासीलाई स्वच्छ पानी खुलाउने काम गर्नुभयको थियो । अहिले सुनवल खानेपानी संस्थाले ४ हजार घरधुरी र झंडै ३०००० घरधुरीले स्वच्छ खानेपानी प्रयोग गरिरहेका छन । त्यसैगरी महाकवि स्कूलको समेत अध्यक्ष भै काम गरेका गैरे आज महाकवि देवकोटा स्कूल नेपालकै नमूना स्कूलको रुपमा परिचित छ । सोमनाथ बाबा स्कूलका अध्यक्ष, जनकल्याण सहकारीको अध्यक्ष लगायत थूप्रै संघ संस्थाको अध्यक्ष भै सामाजिक क्षेत्रको लागी काम गरेका थान प्रसाद गैरे अहिले आफ़ुले गरेको काम र समाज रूपान्तरणमा चार दशक आफ़ुले खेलेको भूमिकाको जनता द्वारा अनुमोदनका लागी जनता सामु चुनाबी मैदानमा देखियाका छन भने जनताहरु उहालाई आफ़नो मत दियर उहाले गरेका कामको अनुमोदन गर्न आतुर देखिंछन ।
आफ़नो पुरै जीवन जनता र सामाजिक क्षेत्रमा समर्पण गरेका थान प्रसाद गैरेलाई उहाको चुनाब चिह्न सूर्यमा मत दियर बिजयी बनाउन म आफू स्वयं पनी सम्पूर्ण मतदाताहरु सामु हार्दिक अनुरोध गर्दछु ।

को हुन् थानप्रसाद गैरे ?
तत्कालीन सुनवल गाविसका अध्यक्ष समेत रहेका गैरे वि.स. २०११ पुस २१ गते स्याङ्जाको वालिङ १३ मा जन्मिएका थिए । २०२२ मा परिवारसहित रुपन्देहीको आनन्दवन मणिग्राम बसाई सरि २०२९ सम्म त्यहाँ रहँदा सात कक्षासम्म अध्ययन गरी २०३० सालदेखि सुनवलको विशासयमा गैरे स्थायी रुपमा बसोबास गर्दै आएका छन् ।
परासीको आदर्श माविबाट २०३४ मा एसएलसी उत्र्तीण गैरे २०३६ सालमा पञ्चायन विरोधी आन्दोलनमा लागेर औपचारिक रुपमा राजनीतिक क्षेत्रमा होमिएका थिए ।
तत्कालीन सुनवल पञ्चायत् भवन फटाहा विरोधी आन्दोलन अन्तर्गत उपप्रधानपञ्चलाई कालोमोसो लगाउने कामको नेतृत्व गरेका गैरेले दुई वर्षसम्म सार्वजनिक मुद्दा खेप्नुपरेको थियो ।
२०३७ सालमा तत्कालीन मजदुर किसान पार्टीमा संगठित भई जिल्ला कमिटीमा काम गरेका गैरेले २०४२ मा नेकपा मालेसँग एकीकरण भएपछि जिल्ला कमिटीमै रहेर काम गरे । उनी सुनवल पञ्चायतको अध्यक्षमा निर्वाचित भई जनपक्षीय काम गरी लोकप्रिय भएका व्यक्ति हुन् ।
२०४६ मा भएको पञ्चायतविरोधी आन्दोलनमा सुनवलको आन्दोलनको नेतृत्व गरेका गैरे पार्टीको संगठन विस्तारमा अविछिन्न रुपमा लागिरहने योद्धाका रुपमा परिचित छन् । २०४७ मा माले र माक्र्सवादीबीच एकीकरण भई नेकपा एमाले बनेपछि सुनवल क्षेत्रमा पार्टी संगठन निर्माणमा उनको ठूलो योगदान रहेको पार्टीपंक्तिका नेताहरू बताउँछन् ।
२०४९ र २०५४ को स्थानीय निकाय निर्वाचनमा एमालेको तर्फबाट उनी सुनवल गाविसको दुई पटक अध्यक्ष निर्वाचित भइसकेका छन् । २०४९ देखि २०५९ सम्म दुई कार्यकाल सुनवल गाविसको अध्यक्ष हुँदा लोकप्रिय कामहरुको सुरुवात गरी सुनवलवासीको मनमा बस्न सफल गैरे जनताका मनमा बस्न सफल मानिन्छन् ।
आफ्नो कार्यकालमै सो गाविसमा नक्सा पास गरेर मात्र भौतिक संरचना निर्माण गर्नुपर्ने, बाटो २० फुट भन्दा कम निर्माण नगर्ने लगयातका कार्यक्रमको थालनी गरेका थिए । त्यस्तै शिक्षा क्षेत्रलाई उच्च महत्व दिँदै विद्यालयको स्तरवृद्धि गर्दै उच्च माविसम्म र क्याम्पस स्थापनामा समेत उनको विशेष योगदान रहेको स्थानीय बताउँछन् ।
राजनीतिक क्षेत्रमा मात्रै होइन गैरे सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील र लोकप्रिय छन् । सुनवलको शिक्षा, खानेपानी, सहकारीलगायत समग्र विकासमा उनको उच्च योगदान छ । सुनवलको जनसेवा मावि विशासयमा २०३५ देखि २०३७ सम्म उनले शिक्षकको रुपमा काम गरेका थिए ।
पछि उक्त विद्यालयको दुई कार्यकाल विद्यालय व्यवस्थापन समिति सदस्य र अध्यक्ष समेत भएर काम गरे । महाकवि देवकोटा उमावि सुनवलको अध्यक्ष तथा महाकवि देवकोटा क्याम्पसको संस्थापक अध्यक्ष भएर समेत उनले शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरेका छन् । सुनवलकै सोमनाथ बाबा क्याम्पसमा समेत दुई कार्यकाल अध्यक्ष चलाएको अनुभव गैरेसँग छ ।
सुनवलमा सुनवल खानेपानी संस्थाको स्थापना गरी सुनवलवासीलाई शुद्ध पिउने पानीको व्यवस्थापन गर्न पनि गैरेको महत्वपूर्ण योगदान छ । उक्त संस्थाको १५ वर्षसम्म नेतृत्व गर्दै शुद्ध खानेपानी र सरसफाई अभियान चलाउँदै आएका गैरे हाल खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको लुम्बिनी प्रदेश संयोजकको रुपमा कार्यरत छन् ।
जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था सुनवलको अध्यक्ष समेत रहेका गैरे मदन भण्डारी फाउण्डेसनको जिल्ला अध्यक्ष एवम् प्रदेश सदस्य पनि हुन् । जनतासँग जोडिएका विभिन्न कामको नेतृत्व र थालनी गरेका गैरेलाई अमूल्य मत दिएर विजयी गराउन उनीसम्बद्ध पार्टीले मतदातासमक्ष आह्वान समेत गरेको छ ।                   लेखक नेकपा एमाले नवलपरासी जिल्ला कमिटी सदस्य हुनुहुन्छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%

प्रतिक्रिया दिनुहोस