२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

सदस्यलाई उद्यमी बन्न प्रेरित गर्दै सुनवलको मनिप्लाण्ट सहकारी

२०७९ कार्तिक १९, शनिबार प्रकाशित ( साल अघि) ३४८ पाठक संख्या

मोहन पौडेल
परासी, १९ कात्तिक । पश्चिम नवलपरासीको सुनवल नगरपालिका ४ स्थित मनिप्लाण्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यलाई उद्यमी बन्न उत्प्रेरित गरेको छ । संस्थाले आफ्ना सदस्यलाई सस्तो व्याजदरमा सरल र सुलभ तवरले ऋण प्रवाह गर्दै उद्यमी बन्न प्रेरित गरेको जनाएको छ ।
संस्थाको आज सम्पन्न दशौँ वार्षिक साधारणसभामा अध्यक्षको प्रतिवेदन पेश गर्दै संस्थाका अध्यक्ष पदम बहादुर क्षेत्रीले उक्त जानकारी दिनुभएको हो । संस्थाबाट ऋण लिई उत्कृष्ट व्यवसाय गर्ने शेयर सदस्यलाई उत्कृष्ट ऋणी तथा व्यवसायी ऋणीको रुपमा सम्मान गर्ने संस्थाको कार्यक्रम रहेको उहाँले बताउनुभयो । विभिन्न बैंक तथा लघुवित्त संस्थाहरुले चर्काे व्याजदरमा ऋण प्रवाह गरिरहेको सन्दर्भमा चुनौती सामना गर्दै संस्थाले भने सस्तो व्याजदरमा ऋण प्रवाह गरिरहेको उहाँले बताउनुभयो । संस्थाले विपन्न वर्गलाई सहयोग गर्ने नीति पनि लिएको छ ।
आगामी दिनमा शेयर सदस्यहरु बृद्धि गर्दै सहकारी तालिम सञ्चालन गर्ने, सदस्यबाट निक्षेप संकलन निरन्तरताको लागि पहल गर्ने,सहकारी अवलोकन गर्ने लगायतका कार्यक्रमहरु पनि ल्याईएको संस्थाका उपाध्यक्ष बलबहादुर थापाले बताउनुभयो । २०६९ सालमा १०।१२ जना यूवाहरु मिलेर स्थापना गरिएको यो सहकारीमा हाल ४६५ जना शेयर सदस्य रहेको उपाध्यक्ष थापाले जानकारी दिनुभयो ।
संस्थाले गत वर्षको कारोबारबाट रु चार लाख ६९ हजार ४५६ रुपैँया शुद्ध मुनाफा आर्जन गर्न सफल भएको कोषाध्यक्ष जानकी पौडेलले बताउनुभयो । पौडेलले संस्थाको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो भने लेखा समिति संयोजक ईन्द्रप्रसाद शर्मा सुवेदीले लेखा समितिको प्रतिवेदन पेश गर्नुभएकोमा तीन वटै प्रतिवेदन पारित भएको छ ।
संस्थाका अध्यक्ष क्षेत्रीको अध्यक्षता तथा सुनवल वडा नं. ४ का वडा अध्यक्ष बालकृष्ण पंगेनीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा संस्थाका संस्थापक सचिव चित्रबहादुर गुरुङ्,सुनवल नगरपालिका सहकारी तथा उद्योग शाखाका प्रमुख खेमराज ढकाल,सुनवल नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मनबहादुर थापा, सुनवल ४ का पूर्व वडा अध्यक्ष बीर बहादुर गुरुङ,सुनवल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सञ्जय श्रेष्ठ,संस्थाका प्रशिक्षक पुराण गुरुङ, उपाध्यक्ष बलबहादुर थापा, सचिव किशोर कुमार कर्माचार्य लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस