२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सुशासन,समृद्धि र मितव्ययीताका लागि एमाले सरकार – पोलिटव्यूरो सदस्य चौधरी

२०७९ कार्तिक १९, शनिबार प्रकाशित ( साल अघि) २५४ पाठक संख्या

परासी, १९ कात्तिक । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं पूर्वमन्त्री बैजनाथ चौधरीले एमालेको सरकार बनेमात्र मुलुकमा सुशासन,समृद्धि र मितव्ययीता कायम हुने बताउनुभएको छ। अहिलेको सत्ता गठबन्धनको सरकार रहेमा मुलुकमा दोहन,महंगी,भ्रष्टाचार र अनियमिता मात्रै हुने उहाँले जिकिर गर्नुभयो ।
नेकपा एमाले नवलपरासीको आयोजनामा आज सुनवलमा भएको क्षेत्रीय कमिटी २ क स्तरीय स्थानीय जनप्रतिनिधिहरुको लागि आयोजित राजनीतिक प्रशिक्षण तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौधरीले एमालेको सरकार हुँदा मात्र मुलुकमा विकासको लहर आउने प्रमाणीत भएको जिकिर गर्नुभयो ।
सुशासन र समृद्धिका लागि एमालेलाई एकलौटी बहुमत दिन उहाँले आह्वान गर्नुभयो । “मुलुकको द्रुत गतिमा विकास गर्न एमालेको एकलौटी सरकार चाहिन्छ”, उहाँले भन्नुभयो । संघमा ओली सरकार र लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार हुँदा असाधारण विकासका काम भएको बताउँदै नेता चौधरीले अहिलेको गठबन्धन सरकारले बजेट नै कार्यान्वयन गर्न नसकेको आरोप लगाउनुभयो ।
एमाले केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज सरिता खनालले एकजुट भएर पार्टीलाई बहुमत आउने गरी लाग्न आग्रह गर्नुभयो । एमाले प्रदेश २ क का संयोजक रामचन्द्र भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाले केन्द्रीय सदस्य बिमला अर्याल,प्रदेश सचिवालय सदस्य भगवती भण्डारी,प्रदेश सदस्य एवं २ क का प्रदेशसभा सदस्य उम्मेदवार थानप्रसाद गैरे, कार्यबाहक जिल्ला अध्यक्ष डोलराज भण्डारी,जिल्ला सचिव धीरज शर्मा बस्याल लगायतले सम्बोधन गर्नुभएको प्रदेश २ क का सहसंयोजक देवराज श्रेष्ठले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस