२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

घाँसमा आत्मनिर्भर बनाउन सुनवलका कृषकलाई ७० प्रतिशत अनुदानमा बीउ वितरण

२०७९ कार्तिक १९, शनिबार प्रकाशित ( साल अघि) ४१५ पाठक संख्या

परासी, १९ कात्तिक । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नगरका कृषकलाई घाँसको बीउ वितरण शुरु गरेको छ । पशुपंक्षी बिकास शाखाको स्विकृत हिउँदे घाँसको बीउ वितरण वार्षिक कार्यक्रम अन्र्तगत ७० प्रतिशत अनुदानमा घाँसको बीउ वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले प्रकाशन गरेको सूचना बमोजिम निवेदन दिएका व्यवसायिक फर्म तथा कृषक समूहलाई मागको आधारमा बीउ वितरण गरिएको पशुपंक्षी शाखाका प्रमुख मिश्री प्रसाद खड्काले बताउनुभयो ।
यसका लागि रु दुई लाख पचास हजार बजेट विनियोजन रहेकोमा कृषकको ३० प्रतिशत लागत सहभागिता सहित रु तीन लाख ५७ हजारको वर्षीम र जै घाँस वितरण गरिने उहाँले बताउनुभयो ।
आगामी कात्तिक २३ गतेसम्म घाँसको बीउ वितरण गरिने नगरपालिकाले जनाएको छ । फर्म र समूहमा रहेका पशुपंक्षीको संख्याको आधारमा वर्षीम न्यूतम पाँच केजी र जै दश केजीसम्म वितरण गरिएको खड्काले बताउनुभयो ।
घाँसको बीउ वितरण गर्दै सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्यालले कृषकलाई घाँसमा आत्मनिर्भर बनाउन ७० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको बताउनुभयो । दानाको मूल्य बढ्दै गएको अवस्थामा कृषकलाई हरियो घाँस उत्पादनमा उत्प्रेरित गर्दै आत्मनिर्भर बनाउने र यसको माध्यमबाट उत्पादन लागत घट्न गई उत्पादन पनि वृद्धि हुने अपेक्षा लिएको अर्यालले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस