२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

परासी लोकतान्त्रिक चोकका पसल व्यवसाय पुनः प्रत्येक शनिबार बन्द हुने

२०७९ कार्तिक १८, शुक्रबार प्रकाशित ( साल अघि) २८३ पाठक संख्या

परासी, १८ कात्तिक । पश्चिम नवलरासीको सदरमुकाम परासीस्थित लोकतान्त्रिक चोकको बजार पुनः साप्ताहिक रुपमा एक दिन बन्द हुने भएको छ । प्रत्येक शनिबार साप्ताहिक रुपमा नियमित बन्द हुँदै आएका यस चोक र आसपासका पसल व्यवसाय चाडपर्वका कारण शनिबार पनि खुला रहेका थिए ।
दशैँ, तिहार, छठ लगायतका चाडपर्वहरुलाई मध्यनजर गर्दै स्थानीय व्यवसायीकै पहलमा साप्ताहिक बजार खुलाईएकोमा चाडपर्व सकिएकोले यही कात्तिक १९ गते शनिबारदेखि पुनः शनिबारको बन्द लागू गर्न लागिएको लोकतान्त्रिक चोकका व्यवसायी घनश्याम जोशीले बताउनुभयो ।
अव फेरि लोकतान्त्रिक चोकका पसल व्यवसाय साताको शनिबार एक दिन बन्द हुनेछ, उहाँले भन्नुभयो । दशैँ भन्दा पहिलेसम्म यस चोक र आसपासका पसलहरु प्रत्येक शनिबार साप्ताहिक रुपमा बन्द हुँदै आएका थिए । परासी बजार प्रत्येक शुक्रबार बन्द हुँदै आएपनि उक्त बन्द प्रभावकारी नभएको र शुक्रबार भन्दा शनिबार बन्द उपयुक्त रहेको भन्दै यस चोकका व्यवसायीले प्रत्येक शनिबार बजार बन्द गर्दै आएको बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस